राजनीति
नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन नेपाल जाजरकोटको चौथो जिल्ला सम्मेलन सम्पन्न गरेको छ ।
“सामाजिक फाँ’सिवाद, वैदेशिक हस्त’क्षेप, एमसिसी सम्झौता विरु’द्ध देशभक्त युवाहरूले सशक्त सं’घर्ष गरौं ! सुदृढ संगठन र एकीकृत जनक्रा’न्ती मार्फत वैज्ञानिक समाजवाद स्थापनाका लागि अघि बढौं !!” भन्ने मुल नाराका साथ चौथो जिल्ला सम्मेलन सम्पन्न गरेको जनाएको छ ।
सम्मेलनले विवशको नेतृत्वमा १५ सदस्यीय जिल्ला समिती चयन गरेको छ । युवा संगठन नेपाल भेरी-कर्णाली ब्युरो इन्चार्ज दीपको प्रमुख आतिथ्यता, नेकपा जाजरकोटका सेक्रेटरी राजकुमारको विशेष आतिथ्यता, अखिल (क्रा’न्तिकारी)का केन्द्रिय सदस्य प्रेम, अखिल (क्रा’न्तिकारी) जाजरकोटका निवर्तमान अध्यक्ष धनजित लगायतको आतिथ्यतामा सम्पन्न भएको नेकपा जाजरकोटले जनाएको छ ।
उक्त सम्मेलनले निर्ममलाई उपाध्यक्ष, किरणलाई सचिव, दिपकलाई सहसचिव, अप्सरालाई कोषाध्यक्षमा चयन गरेको बताएको छ ।

सम्मेलनको उद्घाटन गर्दै प्रमुख अतिथी दीपले, युवाहरूलाई लिलाम गरेर सरकार चलाउने वर्तमान केपि-प्रचण्ड गि’रोहको सरकारले सत्ता टिकाउन लिपुलेक-कालापानी भारतलाई बेचेको आरोप लगाएका थिए । उनले, वर्तमान द’लाल सत्ताले विदेशीको डिजाइनमा एमसिसी सम्झौता मार्फत नेपाललाई सिरियाकरण गर्दै देशको राष्ट्रियतालाई इतिहासकै सङ्कटपुर्ण अवस्थामा धकेल्ने चेस्टा गरेकाले देश बचाउन सम्पुर्ण देशभक्त युवाहरुलाई एक हुन अपिल समेत गरेका थिए ।
सम्मेलनको समापन गर्दै नवनिर्वाचित अध्यक्षले युवा संगठन नेपाल जाजरकोटले त’स्कर, भ्र’ष्ट, दलाल, मिटरब्याजी, ला’गूऔ’षध वितरक वि’रु’द्ध सशक्त सं’घ’र्ष चलाउने घोषणा गरेकाछ्न ।
