logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ


  • रासस
  • सोमबार, माघ २७ २०७६

काठमाडौं-  वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध नियन्त्रण महाशाखको टोलीले सोलुखुम्बु घर भई भक्तपुर लोकन्थली बस्ने बालकृष्ण कार्कीलाई पक्राउ गरेको हो । उनले कतार, माल्दिभ्सलगायतका देशमा पठाई दिन्छु भनी प्रलोभनमा पारेर रु आठ लाख लिएको खुल्न आएको छ ।

पैसा लिएर फरार भएका उनलाई पीडितको जाहेरीकोे आधारमा पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए । भक्तपुरबाट पक्राउ परेका उनलाई थप कारवाहीका लागि आज महानगरीय प्रहरी परिसर काठमाडौँ बुझाइएको महाशाखाले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार