पोखरा – पोखरा महानगर पालिका लेखनाथ अर्घौ चोकमा दुर्घटना हुँदा एक जना ग*म्भीर घा*इते भएका छन।
सोमवार साझ ८ बजेको समयमा भएको दुर्घटनामा परी मोटर साइकल चालक एक युवा ग*म्भीर घाइते भएको प्रत्यक्षदर्शी क्षितिज सापकोटाले बताएका छन । घाइते युवाको भने पहिचान हुन सकेको छैन । ग २ ज ४२७९ को ट्याक्सी र बा ४२ प ७१९० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए ।
मोटर साइकल पुर्ण रुपमा क्ष*ति भएको छ भने ट्याक्सीको पनि अगाडि पटीको भागमा पुर्ण क्ष*ति भएको छ। दुर्घटना भए पछी ट्याक्सी चालक फरार भएको र मोटरसाइकल घाइते चालकलाई उपचारको लागि अस्पताल पुर्याइएको बताएका छन ।