राजनीति
नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल महिला संघ क्रा’न्तिकारी सेमले लामो समय जेल हि’रासत बसेर आएका नेताहरुको सम्मान गरेको छ ।
अखिल नेपाल महिला संघका केन्द्रीय सदस्य पार्वती सिह ९ महिना लामाे जेल बसाइँ पछि दस हजार धराैटिमा छुट्नु भएकोमा हार्दिक बधाई दिदै खुला संसारमा स्वागत गरेको छ । लामाे समय जेल र हि’रासतमा बस्दा पनि अफ्नाे आस्था र बिचारमा दृढ रहिआएको भन्दै उनको उच्च मुल्यांकन हुने अनेमसंघ क्रान्तिकारी सेती महाकाली क्षेत्रीय समन्वय समितिले जनाएको छ ।
महिला संघकाे तर्फबाट आयोजित स्वागत कार्यक्रम नेकपाका केन्द्रिय नेता निर्माणको विशेष उपस्थिति रहेको थियो । नेकपाले उनको आगामी दिनमा पनि बैज्ञानिक समाजवाद प्राप्त नहुदा सम्म निरन्तर क्रान्तिकाे यात्राको विश्वास व्यक्त गरेको छ ।
नेकपा सेती महाकाली ब्यूरो इन्चार्ज निर्माण र अखिल नेपाल महिला संघ क्रा’न्तिकारीका केन्द्रिय सदस्य पुर्णिमा धामीले स्वागत तथा बधाइ दिएका थिए । उक्त कार्यक्रममा रिहाई भएका पार्बती सिंह र मिना साउदले आफ्नो अनुभुती सुनाउदै आफुहरु थप ईस्पात भएर आएको एकीकृत जनक्रान्तिमा उर्जासहित लाग्ने प्रतिबद्धता गरेका थिए ।
उक्त कार्यक्रम मा बोल्दै ब्यूरो इन्चार्ज निर्माणले राजनैतिक बैचारिक हिसामा दृढ रहि दलाल राज्य सत्ताको हि’रासत बाट मुक्त भएका हरुलाई पार्टीले र संगठनले उचित मुल्यांकन गर्ने बताएका छन ।