logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

जनयु’द्ध दिवसमा प्रधानमन्त्री ओली सहभागी बन्ने


  • पत्रपत्रिका
  • बुधबार, माघ २९ २०७६

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक जनयु’द्ध दिवसमा सहभागी हुने भएका छन् ।

नेकपाले मनाउन लागेको जनअन्दोलन तथा जनयु’द्ध दिवसमा उनी सहभागी हुने भएका छन् । पार्टी एकीकरण भएको पहिलो वर्ष नै सहभागी हुने भनिएपनि अन्तिम समयमा आएर उनी कार्यक्रममा गएका थिएनन् ।

तत्कालीन नेकपा माओवादीले २०५२ साल फागुन १ गतेबाट स’शस्त्र जनयु’द्ध सुरु गरेको दिनलाई ‘जनयु’द्ध दिवस’ को रुपमा मनाइँदै आएको थियो । तर एकीकरणलगत्तै सो पार्टीले उक्त दिनलाई जनयु’द्धसँगै जनआन्दोलन दिवसका रुपमा मनाउने निर्णय गरेको हो । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजना हुने उक्त कार्यक्रममा अध्यक्ष ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने भएका छन् । जनयु’द्ध दिवस धुम्बाराहीमा मनाउने निर्णय यसअघि नै पार्टीले गरिसकेको छ ।

यो खबर आजको नेपाल समाचारपत्रमा मधुसूदन रायमाझीले लेखेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार