logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

प्रचण्ड बाबुराम, यो धोका किन ?


  • तुफान सिंह 'कालीकोट'
  • बिहिबार, फाल्गुन १ २०७६

सपनाहरू हजारौं दिएउ त्यो भीषण यु’द्धमा ।
कलम बोक्ने हातहरुले ब’न्दुक बोक्न सिकाएउ ।
ईस्कुल पड्दैगर्दा बुर्जुवा शिक्षा भन्दै जनबादी शिक्षा
सिकाएउ। खोइआज हाम्रो त्यो बलिदानिको कदर
हे प्रचण्ड बाबुराम हो धोका किन।

पढ्दै थिए ५ कलास मा आएउ तिमी मेरो कोठा
हो परिवर्तनको लागि बुर्जुवा शिक्षा भन्दा जनबादी शिक्षाको
बिकास गर्नु पर्छ भन्दै ।
मनभरी ड’र अनि त्रा’स बोक्दै लागियो निरन्तर को त्यो रातिको यात्रा निकै कस्टपुर्ण थियोे।
हे प्रचण्ड बाबुराम हो धोका किन।

त्यो बस्तीमा आएको एक घर एक WT को अभियानमा
अनिबार्य नै थियो जानू जादिन भन्ने कुनै परिकल्पना पनि गर्न्न सकिन्न थियो किन कि त्यो माहोल सिर्जना भएको थियो बस्तीमा ।
ए प्रचण्ड बाबुराम हो धोका किन।

हजारौं आमाहरुका कोख रित्तिय लाखौं चेलिहरुको सिन्दुर
पोखिएयो । गणतन्त्र आयोत केबल तै नेताहरुको आसेपासेलाई।
खोइ ती आमा हरुले ती दिदिहरुले कैलेइ सुख अनि समृदिको दिन देख्न पाएन्न। पाएत देश केबल भ्रष्टाचार अनि ब’ला’त्कार को बिबिकी।
हे प्रचण्ड बाबुराम हो धोका किन ।

देशमा लोकतान्त्रिक गणतन्त्र आयो भन्ने हल्ला त पाईन ती पल्ला घरे भाउजू ले तर अनुभुती कैलेई लिन पाईन्न।
कैयौ बेप’त्ता भएका आफन्तहरु दिन गन्दै बसे । सत्ता मा आफ्नो सपनाहरू साकार पार्छु भन्दै आएका हरु पुगे।
तर कोइ सकै प्रति फर्केर हेरेन्न ।
हे प्रचण्ड बाबुराम हो धोका किन।

यहि संसोधिय ब्यबस्था ठिक थियोे भने किन हिजो ती कर्णाली का बस्तिबस्तीमा ति लाटा सोझा जनतालाई करोडौं को सपना बाडियो।केही आसा गर्दै जनता ले भन्दै थिएरे अब कम्युनिस्ट सरकार आयो हाम्रो ७५% सम्स्या हल हुन्छन् तर बोल्नै नपाउने ब्यबस्था पारित गरियो संसोधमा ।
हे प्रचण्ड बाबुराम हो धोका किन ।

एकीकृत जनक्रा’न्तिको मैदान बाट ।।
हेरि रहेको छु सुन्दर उसाकिरण बिहानिलाई ।।
प्रखिरहेको छु बैज्ञानिक समाजबाद अनि एकीकृत जनक्रा’न्तिलाई ।।
पालना गरिहरेको छु एकीकृत जन’क्रान्ति र बैज्ञानिक समाजबाद को नीति पधद्तिलाई ।।
क्रान्ति बाहिर या क्रान्तिभित्र बोकि रहेको छु आमा बुवाको माया ।।
पठाई रहेको छु ती आधार ईलाकालाई चिठी अनि सन्देश
आरामै रहेको ।।
आजभोलि ती बस्तिहरुमा निकै हलचल को खबर सुनि
रहेको छु एकीकृत जनक्रान्तिमा उर्लिदो लहर अनिआवाज ।।

एकीकृत जनक्रा’न्तिको मैदान बाट ।।

२५ औं महान जनयुद्ध दिबसको अबसरमा बिस्वभरी छरियर बस्नु भएका सम्पूर्ण जनमुक्ति सेनाका सयोद्दा कामरेडहरु
घाइते अपांग कामरेड र आम नेपाली दाजुभाइ तथा दिदिबहिनी हरुमा २५ औं महान जनयु’द्धदिबस को हार्दिक सुभकामना ।।
एकीकृत जनक्रा’न्तिको सिपाही उहीँ

तुफान सिंह पुर्ब जनमुक्ति सेना (कालिकोट)

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार