शहिदहरुले बगाएको र’गत सुकेको छैन जनयु’द्द आजै जस्तो जनताले देखिराछ माओवादी प्रतिबद्दता भुलेको छैन त्यसैले अबिश्वास र आसंका गर्नु लाई सकारात्मक रुपमा लिनु पर्छ भन्ने निष्कर्ष रहयो ।
लालु गाविस का एक सहिद परिवार बुबा ले भनेको देउडा समग्र जनबोलिनै हो त्यसैले उल्ले गरिएकोछ ।
देउडा
– प्रचण्ड प्रचण्ड भन्या – एमालेउदा गया।
तमी पन कसिदाछौ – त्यस्तरै नभया ।
भनेर भनेको देउडा विशेष मननयोग्य छ । आजभोली गाउँ पुरै लु’टेराहरु , जडेयाहरु जुवारे हरु ब्य’भिचारी हरु भ्रष्टचारीहरुर कमिसनखोरहरुको भएको छ । ईमान्दारहरु सबै चुपचाप छन सायद यो माओवादीले चुनावको बेला दिएको सिहदरवारको उपहार हो भनी ब्याङ्गे गर्ने हरुको कमी पाईएन । यी तमाम बिषयमा जनतामा सायद पार्टी गठन देखि हालसम्म छलफल गर्न सकिएको थिएन । त्यति ठूलो उपल्बधीमुलक रहयो जनसास्कृतीक अभियान यो अभियानमा थुप्रै राष्ट्रवादीजनहरुको ठूलो साथ रहयो । अभियान जारी रहदा राष्टघातका सृखलाबद्द घटना र प्रतिरोधस्वरुप पार्टी केन्द्रले अगाडि बढाएका संघर्षका कार्यक्रमहरु सानदार सम्पन्न गरियो । यी सबै काम कार्बाही ले कालिकोटको बर्गसंघर्ष नया उचाईमा पुगेको छ ।
यस्लाई निरन्ता दिनु र प्रभाबित जनसमुदाय लाई सुसंगठित गर्नु अबको यसजिल्ला को चुनौती रहेको छ अभियान अबधीभर पार्टी प्रबेश र पुर्णकालिन भएकाको उचित ब्यबस्थापन गरि पार्टीलाई जनतासंग जोड्न अझै बलियो बनाउन जबस लाई सक्रिय पार्नु र परिचालन गर्नु नितान्तै आबंयक छ । यस्का लागि सामना सास्कृती परिवार ले जनसंगित मार्फत बस्तुगत स्थितीलाई अनुकुल बनाएको छ । पकड्न जरुरी छ र संभव छ ।
२०५२ फाल्गुन १ नेपाली भूमिमा सर्बहारा वर्गको सपनाको उद्घाटन भएको दिन सशस्त्र यु’द्धको सुरुवात भएको क्षण एउटा वर्गको बि’द्रोह थियो भने एउटा वर्गको आ’तंकवाद जनयु’द्धको आँधिले दुनियाँ थर्कमान भएको थियो तत्कालीन राज्य व्यवस्थाको विरुद्ध जनताले चालेको त्यो कदम वर्गसंघर्षको थियो । त्यो राजनैतिक वैचारिक यु’द्ध थियो जसले नेपाली समाज र व्यवस्थाको कायापलट गर्ने सपना बोकेको थियो । २०५२ फाल्गुन १ देखि दश वर्ष नेपालमा वर्गसंघर्षको भूकम्प नै आयो संस्कार संस्कृति चालचलनमा बदलाबहरु आए यो कालखण्डमा जनताको सकृय सहभागिता रह्यो । ८० प्रतिशत भूभाग तत्कालिन नेकपा (माओवादी) को नियन्त्रणमा थियो निमूखा जनताको बस्तीहरु आधार इलाकामा परिणत भए, जनयु’द्धमा जनताका छोराछोरीको सहभागिताको तिब्रता बढ्यो, जनमुक्ती सेनाका निमार्ण भयो, जनकलाकारहरुले मुक्तिका गीतहरु गाउँदै जनताको घर आगँन पुगे, सहिद गेटहरु निमार्ण भए, कार्यकर्ताहरु अहाेरात्र खटे, सहिदमार्ग निमार्ण भयो, कम्युन, सहकारी, नमुना स्कुल, नमुना हस्पिटल, उद्योग, बैंकहरु जनताको सक्रियतामा सञ्चालन भएका थिए । जनसरकार जनताको हितमा काम गर्याे त्यो समय, जनताको लागि सुनौलो थियो भने जनविरोधीहरु मुटुको काडा साबित अप’राधी र फटाहाहरु जनताको जेलमा रहदै जनश्रम गर्दथे ।
२०६३ सम्म जनयु’द्धको उभार थियो जब १२ बुँदे सहमति हुँदै समय अगाडि बढ्यो बिस्तारै जनयु’द्धको ओजमा गिरावट आउन थाल्यो, अन्तरिम संविधान हुँदै संविधानसभाको चुनाव भयो, जनयु’द्ध अाेझेलमा पर्दै गयो, बिडम्बना जनयु’द्ध भन्ने शब्दसम्म संविधानमा कतै उल्लेख भएन माओबादी नेतृत्व चुक्दै गयो, हजारौंको बलि’दान त्याग तपस्या विरताको इतिहास जनयु’द्ध हो ।
तर आज २५ औं जनयु’द्ध दिवस आउँदै गर्दा जनयु’द्धको आडमा स्थापना भएको गणतन्त्रकै व्यवस्थाका मालिक बनेका माओवादी नेताहरुले जनयु’द्धको ‘ज’ बोल्न सक्ने हैसियतसम्म गुमाएका छ्न् । सहिदका आफन्तहरु सम्झनामै तड्पिदै छ्न्, घा’इतेहरु निको हुन थालेको हिजोका घाउ चर्केको महसुस गर्दैछ्न्, बे’पत्ता योद्धाका परिवारहरु आफन्तको पर्खाइमा छटपटाइ रहेका छन्, यो दर्दनाक स्थिती आजको बास्तबिकता हो ।
अर्काेतिर एउटा जनयु’द्धको ठूलो हिस्सा जनयु’द्ध पूरा नभएको, राज्यले जनयु’द्धप्रति नजरअन्दाज गरेको जनयु’द्धका मुख्य नेताहरुले आत्मसमर्पण गरेको भन्दै एकीकृत क्रान्तिको कार्यदिशा अवलम्बन गर्दै अघि बढेको छ । आजको परिदृश्यले पनि पुष्टि गरि सक्यो जनयु’द्ध अधुरै छ किनकी गैर ने.क.पा. माथि फरक कार्यदिशाकै आधारमा प्रतिबन्ध लगाउनु राजनैतिक स्वतन्त्रतामाथि बन्देज गर्दै सङ्कटकालको झल्को दिने गरी गैरन्यायिक ह’त्या, हिंसा, गि’रफ्तार, धरपकड यी र यस्ता जनबिरोधी कार्यहरु आज माओवादी संलग्न व्यवस्थाले गरिरहेको छ । यो एउटा प्रमाण हो जनयु’द्ध सिद्दाउने खेलको पद, प्रतिष्ठा, प्रलोभनको लागि के गरेन माओवादी मुख्य लिडरले यो छर्लङ्गछ भनिरहनु नपर्ला तर यो इमानको खडेरी परेको अवस्थामा दलाल, भूमाफिया, भ्रष्टाचार, करछ्ली गर्ने ठगहरुको विरुद्ध राज्यलाई चुनौती दिदै जनताको आवाज ओकल्ने एउटा उदयमान शक्तिको रुपमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी स्थापित हुँदैछ।
जनयु’द्धलाई समय अनुकूल एकीकृत जनक्रा’न्तिको कार्यदिशामा ढाल्दै अगाडि बढ्नु यो कदम देशको लागी ऎतिहासिक महत्त्वको छ । विप्लव ने.क.पा.माथिको प्रतिबन्ध फिर्ता लिएर राजनैतिक प्रतिस्पर्धा गर्न दिनुपर्छ सरकारले । यता क्रा’न्तिकारी माओबादी कमरेड मोहन वैद्यको राष्ट्रियता र राष्ट्रघातको विरुद्धमा अडिग हुँदै जनयु’द्धको लाइन नछोड्नु सह्रानीय पाटो छ । त्यसैगरी गोपाल किराँती माओवादी, लोकेन्द्र विष्ट, साहित्यकार बलाराम तिमिल्सिना उहाँहरुको जनयु’द्धप्रतिको लगाब र वर्गप्रेमको ओकालत महत्त्वपूर्ण छ । यो शक्ति सिद्धान्त र कार्यदिशामा बहस गर्दै मिल्न सक्ने कुरामा मिल्दै एक ठाउँमा गोलबन्द हुँदै एकाकार भएर जनयु’द्धको उपलब्धीको रक्षा गर्दै जनयु’द्धको विकास गरेर अगाडि बढ्नु पर्ने समयको माग देखिन्छ । जनयु’द्ध बलिदानको इतिहास हो, परिवर्तनको महाअभियान हो, कसैले पनि कमजोर ठानेर हाटहुटमा ठिक पारिन्छ भन्ने कल्पना नगरे हुन्छ । जनयु’द्ध दिवस श्रमिकहरुको चाडको रुपमा हर्ष उल्लासका साथ मनाऔं ! जनयु’द्धको अधुरो सपना परिवर्तनकारी सचेत यो’द्धाहरुले पूरा गर्ने कर्तब्य बोध गरौं !