logo मंगलबार, साउन १९ २०८३ | Tuesday 4th August 2026

नेपाली चलचित्र कि नायिका एव मोडल महिमा सिलवालको दुर्घटनामा मृ’त्यु


  • राजनिती न्युज डेस्क
  • बिहिबार, फाल्गुन १ २०७६

पोखरा – नेपाली चलचित्र कि नायिका एव मोडल महिमा सिलवालको दुर्घटनामा मृ’त्यु भएको छ ।

काठमाण्डौ बाट चितवन जादै गर्दा धादिङको गजुरीमा बिपरित दिशाबाट आएको भैरहवाबाट काठमाडौं आउँदै गरेको लु २ ख १३५ नम्बरको बसले बा ९७ प ७०५८ नम्बरको सिलवाल सवार स्कुटरलाई ठक्कर दिदा सिलवाल सँगै उनको बहिनी सर्मिला सिलवालको पनि मृ’त्यु भएको हो।

नायिका सिलवालको घटना स्थलमै मृ’त्यु भएको र बहिनी सर्मिलाको उपचारको क्रममा   मृ’त्यु भएको धादिङका एसएसपी प्रकाश रानाभाटले जानकारी गराए ।

सिलवाल चितवनको भरतपुर महानगरपालिका १३ गीतानगरकी बासिन्दा हुन् । बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मिसन २४, दानव, जिग्लोलगायतका फिल्म खेलिसकेकी महिमाले विभिन्न म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार