पोखरा – पोखरामा एका बिहानै देखिएको थार घोरल लाई स्थानीयले उद्दार गरेर डिभिजन कार्यालय कास्कीमा बुझाएको छ ।
पोखरा २६ बुढीबजारमा भाले थार घोरललाई स्थानीयले जुनिएर सिटिजनको खेलकुद मैदानमा रहेको तारजालीमा लगेर राखेका थिए । पछी बन डिभिजन कार्यालय कास्कीबाट आएको टोलीले उद्दार गरी बेगनास र रुपामा रहेको पचभैयास्थित वन्यजन्तु उद्धार केन्द्रमा लगेर राखेका छन ।
अन्दाजी २ वर्षको भाले थार ४ फिट अग्लो र झण्डै ५० केजीको छ ।