राजनीति
नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कपिलबस्तु जिल्ला अन्तर्गत पश्चिम कमान्डले २५ औं जनयु’द्ध दिवस भब्य रुपले सम्पन्न गरेको छ । नेकपाका जिल्ला सेक्रेटरी सेरमानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको नेकपा कपिलवस्तुले जनाएको छ ।

कार्यक्रमलाइ सम्बोधन गर्दै जिल्ला सेक्रेटरी सेरमानले जनयु’द्धको मुल मर्म एकीकृत जनक्रा’न्तिले पक्रेको त्यसको नेतृत्व विप्लवले गरेको बताएकाछन । उनले कुनै पनि मुल्यमा क्रा’न्ति सम्पन्न गरेर छोड्ने र दलाल राज्य सत्ता ढालेरै छोड्ने बिचार व्यक्त गरेकाछन ।
कार्यक्रम जिल्ला सचिवालय सदस्य पावेल जिल्ला सचिवालय सदस्य सन्तोष जिल्ला सदस्य शुरेसको उपस्थिति रहेको थियो भने अध्यक्षता संघर्षले गरेका थिए । स्थानिय जनताको ब्यापक सहभागीता रहेको थियो कार्यक्रमको संचालन बिकल्पले गरेका थिए
