logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

कालिकोटमा यु’द्धकालको झल्को दिने जनयु’द्ध दिवस


  • राजनीति
  • बिहिबार, फाल्गुन १ २०७६

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कालिकोटले २५ औं जनयु’द्द दिबस विभिन्न रचनात्मक कार्यक्रम सहित भब्यरुपमा सम्पन्न गरेको जनाएको छ ।

कालिकोट जिल्लाको बिभिन्न स्थान लालु,माल्कोट, रुप्सा,मेहेलमुडी, मुम्रा सिप्खाना, बदालकोट, खिन,भर्ता, चिलखाया र छाप्रेमा बिभिद कार्यक्रम गरि जनयु’द्ध दिवस मनाएको नेकपा कालिकोटले जानकारी दिएको छ । जनयु’द्धकालको निकै चर्चित जिल्ला कालिकोटमा बि’द्रोही नेकपाले भब्य रुपमा मनाएको छ । उक्त ठाउहरुमा सम्पन्न जनसभालाई सम्बोधन गर्दै नेताहरुले जनयु’द्द लडाएर बिचैमा प्रचण्डले धोका दिएको तर आफ्नो पार्टी ले एकीकृत जनक्रा’न्ती मार्फत पूरा गरिछाड्ने बताएका छन ।

यसै सिलसिलामा एरिया न ४ मा आयोजित शुभकामना आदान प्रदान कार्यक्रम लाई संबोधन गर्दै जिल्ला सेक्रेटरी रणदिपले जनयु’द्दमा धोका दिएकै भन्दै स्थानिय लवजमा प्रचण्ड बाबुरामका काँ छिया मामा का भैसाका हाल्यो खरक भएको ठोकुवा गरेका थिए ।

राणदिपले उनिहरुको आत्मासमर्पणको कारणले नत पार्टी रहयो नत चुनाव चिन्ह हसिया हतौडा, नया शक्ति नत चुनाव चिन्ह भएको भन्दै अझै नसच्चिए यो भन्दा झन हालत हुने दिन आउने बताएकाछन ।

उनले इमान्दार माओवादी कमरेडहरुलाई दलालहरुका बिरुद्द बि’द्रोह गर्न समेत अपिल गरेका थिए । उक्त कनर्यक्रममा कलाकार हरुको जोसिलो नृत्यहरु प्रस्तुत गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार