राजनीति
नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको विप्लव नेपाल कम्युनिस्ट पार्टीले २५ औं जनयु’द्ध दिवस शानदार ढंगले मनाएको छ । नेपाली कम्युनिस्ट आन्दोलनको क्रा’न्तिकारी बिरासत बोकेको थवाङले ५ दिन सम्म बिभिन्न कार्यक्रम आयोजना गरि जनयु’द्ध दिवस मनाउदैछ ।
आजको उद्धघाटन कार्यक्रममा अजम्बरी सांस्कृतिक परिवारले आफ्नो सांस्कृतिक प्रस्तुति गरेको थियो । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सल्लाहकार पूर्ण बहादुर राेका ‘गाेरे’ काे अध्यक्षता तथा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सदस्य प्रवेश राेका मगर ‘छिरिङ’ काे प्रमुख आतिथ्यमा भइरहेको कार्यक्रममा सम्पन्न भएको नेकपा थवाङले जनाएको छ ।
जनयु’द्धकाे उद्गम स्थल भनेर चिनिने थबाङमा प्रत्येक वर्ष जनयु’द्ध दिवसको अवसरमा साताव्यापी विविध कार्यक्रम गरिमाउने गरेको छ । थबाङमा यो दिवसलाई विशेष महत्त्वकाे साथ गाउँभरि र कार्यक्रम हुने स्थल खुल्ला मञ्च टुडिखेलमा राता झण्डा, ब्यानरले सजाइ विभिन्न खेलकुद साताव्यापी कार्यक्रम गर्दै आएकाे छ ।

यस वर्ष पनि कार्यक्रम स्थल खुल्ला मञ्च टुडिखेल ठूलाठूला झण्डाले राताम्य पारेको छ । जनयु’द्ध दिवसको दिन उद्घाटन कार्यक्रममा पुरुष फुटबल, महिला फुटबल, कवड्डी, ब्याडमिन्टन, घैटा फाेड लगायतका विभिन्न खेलकुद कार्यक्रम ५ दिन सम्म हुने आयाेजक जनाएको छ ।
रोल्पाका थबाङ्गी जनसमुदायहरुले सधैं क्रा’न्तिकाे सन्देश प्रवाह गरिरहेका छन् । थबाङका नेतृत्व तथा नेपाल कम्युनिस्ट पार्टी राेल्पाका तत्कालीन इ’न्चार्ज जयप्रकाश राेका ‘प्रताप’, राेल्पा जिल्ला का’रागार, थबाङबासि हित बहादुर राेका ‘विप्लव’ र अमित घर्ती नेपाल कम्युनिस्ट पार्टी राप्ती ब्युरो बैठक राजपुरबाट गि’रफ्तार भएर अहिले बर्दिया हि’रासतमा रहेकाछन ।