पोखरा – स्ववियु निर्वाचन नजिकिदै गर्दा पृथ्वीनारायण क्यामपस पोखराले फागुन ४ गते आइतवार समाजवादी बिहान कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।
फागुन १४ गते घोषणा गरिएको स्ववियु निर्वाचनको तयारीको रुपमा मनोरन्जनात्मक कार्यक्रम समाजवादी बिहानबाट निर्वाचन तयारी थालिएको समाजबादी विधार्थीका केन्द्रीय सचिवालय सदस्य बिशाल गुरुङले बताए ।
मनोरन्जात्मक कार्यक्रम सँगै बिधार्थीहरु माझ आफ्नो धारणा र समाजबादी बिधार्थी संगठनको उपस्थीती गराउने पनि उनले बताए । कार्यक्रममा पार्टीका वरिष्ठ नेता अशोक राई र सघिय परिषदका अध्यक्ष बाबुराम भट्टराईले पनि सम्बोधन गर्नेछन ।
कार्यक्रममा सांगीतिक तर्फ चर्चित गायिका लोक पप गायिका तिर्सना गुरुङले बिशेष रुपमा मनोरन्जात्मक प्रस्तुति रहने आयोजकले जनाएको छ । यसै गरी पोखराको चर्चित लोकल व्याण्ड डीमर्ज व्याण्ड र आभास व्याण्डले आफ्नो प्रस्तुति दिने छन यसै गरी लोक दोहोरी तर्फा पार्वती जिसीले नाचाउने बिशाल गुरुङले बताए ।