राजनीति
नेत्र बिक्रम चन्द विप्लव नेपाल कम्युनिस्ट पाटीको अन्तरास्ट्रिय ब्यूरो मध्यपुर्ब जिल्ला अन्तर्गत नेपाली जनप्रगतिशिल मोर्चा साउदीले संसदीय ब्यबस्थाको बिकल्प बैज्ञानिक समाजबाद ल्याउन प्रबासका मजदुर एक हौ ! भन्ने मुल नाराका साथ २५ औं जनयु’द्ध दिवस मनाएको छ ।
नेपाली जनप्रगतिशिल मोर्चा साउदी ले १४ फेब्रुअरी शुक्रबारका दिन रियादमा बिशेष कार्यक्रमको आयोजना गरी मनाएको हो । कार्यक्रमका प्रमुख अतिथि तिर्थ पाख्रीन र कार्यक्रमको अध्यक्ष युबराज कार्कीले गरेका थिए । उक्त कार्यक्रमको संचालक मोर्चा महासचिव टिकाराम ओलिले गरेका थिए ।
नेपाली धर्तिमा भएको क्रा’न्तिकारी आन्दोलनमा सा’हादत भएका महान स’हिद प्रती १ मिनेट मौन धारण गर्दै कार्यक्रम अगाडि बढायको थियो । सो कार्यक्रममा मोर्चाका उपाध्यक्ष, कसमले स्वागत मन्तव्य, राख्दै गर्दा प्रचण्ड र उनको पार्टी जनयु’द्ध दिवस मनाउने नैतिक अधिकार नभयको तर्क गरेका थिए ।
कार्यक्रममा मोर्चा सास्कृतिक बिभाग इन्चार्ज इन्द्र बिकले क्रा’न्ति भनेको सकारात्मक पक्ष मात्र नभएर देश रुपान्तरण उच्चतम सिद्धान्त भयको धारणा राखेका थिए । उनले अहिले को एकीकृत जनक्रा’न्तिको मुल एजेन्डा भयको हुदा हिजोको क्रा’न्ति बाट भोगेको भोगाइलाइ औल्याउँदै आज त्यस्तो अवस्थाबाट सचेत हुँदै कमाण्ड अनुरुप ग’लत लाई ग’लत सहिलाइ सहिको स्तर बाट मुल्यांकन गर्न नेतृत्वलाइ अपिल गरेकाछन ।
कार्यक्रमका प्रमुख अतिथी क. तिर्थ पाख्रीन ले आफ्नो मन्तव्य मा हिजोको १० बर्षे जनयु’द्ध एउटा स्मरणीय दिन भयको बताउदै प्रतिक्रा’न्ती रोक्नको निम्ति क्रा’न्ति फेरि अपरिहार्य भयको तथ्य पेस गरेका थिए । मोर्चाका अध्यक्ष युबराज कार्किले जनयु’द्धका महान दिनलाई सम्झदै क्रा’न्ति बिजय अबस्यभावी भयको ठोकुवा गरेका छन ।
सोही विशेष भेलाबाट केहि सदस्यहरुमा हेरफेर गरेको समेत मोर्चाले जानकारी दिएको छ । मोर्चाको कोषाध्यक्ष जिम्मेवारी इन्द्र बिकलाई दिएको छ भने प्रसुराम घर्ती मगर लाई केन्द्रिय सदस्यमा नियुक्ति गरेको छ ।