राजनीति
सरकारले छिमेकी मुलुक चीनमा फैलिएको कोरोना भाइरसको उद्गमस्थल हुबेई प्रान्तको वुहान र आसपासमा रहेका नेपालीको बिद्यार्थीहरुको उद्दार आज गर्दैछ । आज बिहान हुबेईका विभिन्न सहरमा रहेका नेपालीहरुलाई वुहान ल्याउने क्रम शुरु भएको जनाएको छ । वुहान र आसपासका सहरमा गरी १८२ जना नेपाली रहेको जानकारी सरकारलाइ आएको छ ।
छिमेकी मुलुक चीनको हुबेई प्रान्तको वुहान र आसपासका सहरमा रहेका नेपाली नागरिकको उद्धारका लागि आज अपरान्हमा नेपाल एयरलाइन्सको विमान काठमाडौंबाट जादैछ । फागुन ३ गते शनिबार अपरान्ह २:४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको विमान राति ९ बजे(चिनियाँ समय) वुहान तियाङहे अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने जानकारी दिएको छ ।

छिमेकी मुलुक वुहानबाट स्थानीय समयअनुसार रातको ११ बजे नेपाली बिद्यार्थीलाई लिएर नेपाल एयरलाइन्सको जहाज काठमाडौं फर्कनेछ । नेपाली समय अनुसार आइतबार बिहान सवा २ बजे विमान काठमाडौंमा अवतरण गर्नेछ ।
चीन बाट जहाज काठमाडौं आए पछि फर्काइएका १८२ जनालाई बिद्यार्थीलाइ कम्तीमा १४ दिन क्वारेन्टाइनमा राखिने बताएको छ । जहाजको ‘ककपिट क्रु’लाई कम्तीमा एक हप्ता अलग्गै राखिनेछ भने बाँकी ‘क्याबिन क्रु’ लाई भने १४ दिन नै क्वारेन्टाइनमा राखिने सरकारले बताएको छ ।

आज चीन जाने विमानमा एक विदेशी र एक नेपाली गरी दुई जना पाइलट, ६ जना क्याबिन क्रु, १ जना इन्जिनियर, १ जना फ्लाइट डिस्प्याचर, १ जना लोड मास्टर र ४ जना नेपाली सेनाका चिकित्सक रहने जानकारी नेपाल एयरलाइन्सको अपरेसन डिपार्टमेन्टका क्याप्टेन दीपु ज्वारचनले दिएकाछन ।
