logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

विप्लवले मनाए २५ औं जनयुद्ध दिवस, जनमुक्ति सेनाद्धारा सलामी


  • राजनीति
  • शनिबार, फाल्गुन ३ २०७६

बिद्रोही नेपाल कम्युनिस्ट पार्टीले २५ औं जनयु’द्ध दिवस भब्य एब शानदार ढंगले मनाएको छ । नेकपाको इकाइ देखी केन्द्रिय स्तर सम्म बेग्लाबेग्लै कार्यक्रम आयोजना गरि २५ औं वर्षगाठ मनाएको हो । यसैक्रममा लामो समय देखि ठुला सार्वजनिक कार्यक्रममा नदेखिएका नेकपा महासचिव नेत्र बिक्रम चन्द विप्लवले पनि ग्रामीण भेगका जनसमुदायका बीचमा जनमुक्ति सेनाको स’लामी लिँदै जनयु’द्ध दिवस मनाएको समाचार प्राप्त भएको छ । विप्लवले जन’मुक्ति सेनाको परेड समेत अवलोकन गर्दै भव्यतापूर्वक जनयु’द्ध दिवसको शुभकामना आदानप्रदान गरेको नेकपा स्रोतले जनाएको छ ।

नेकपा स्रोतबाट प्राप्त समाचारअनुसार जनयु’द्ध दिवस मनाउँदै पार्टी महासचिव विप्लवले एकीकृत जनक्रा’न्तिको कार्यदिशामार्फत जनयु’द्धको अधुरो सपना पूरा गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । जनयु’द्ध दिवस कार्यक्रमको अध्यक्षता पनि महासचिव विप्लवले गरेका थिए । कार्यक्रमको सञ्चालन भने नेकपाका केन्द्रीय सदस्य विजयले गरेका थिए ।

कार्यक्रमको आरम्भ जनयु’द्ध दिवस मनाउन सहभागी पार्टी नेता, कार्यकर्ता र जनसमुदायले सामूहिक रूपमा अन्तर्राष्ट्रिय गीत गायनबाट भएको थियो । आरम्भमै जनमु’क्ति सेनाको एक टुकडीले स’हिदहरूप्रति सलामी अर्पण गरेको थियो । त्यसपछि जन’मुक्ति सेनाले परेड प्रदर्शन गरेको थियो ।

भब्य रुपमा आयोजना गरिएको कार्यक्रममा पटेकाका पड्काएर कार्यक्रम आरम्भ गरिएको समाचारमा उल्लेख छ । जनयु’द्ध दिवस मनाउन कार्यक्रममा सहभागी भएका सबैले एकापसमा अबिर टिका साटासाट गर्दै उल्लासमय वातावरणमा मनाएको जनाइएको छ । उक्त कार्यक्रममा ग्रामीण बस्तिका जनताको उल्लेख्य सहभागिता रहेको स्रोतले जनाएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार