राजनीति
नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य भरत वम ‘रणविर’ले माके एमाले को राष्ट्रवाद भारतीय बिदेश मन्त्री सुष्मा स्वराजको साडीमा बेरिएको भन्दै तीखो टिप्पणी गरेकाछन । प्रधानमन्त्री केपि ओलीले नेकपाका महासचिव विप्लवलाइ औपचारिक कार्यक्रममा व्यंग्य गर्दै बोलेपछी रणविरले आफ्नो धारणा सामजिक संजाल मार्फत ब्यक्त गरेका हुन। राजधानीमा आयोजित एक कार्यक्रममा केपि वली र प्रचण्ड एउटै मन्चमा बसेर नेकपाका महासचिव विप्लवका बिरुद्व बोलेको समाचार आए पछि त्यसको तिब्र बिरोध भएको छ । कतिपय बुद्धीजिविले प्रधानमन्त्रीको भनाइ गैर राजनीतिक रहेको समेत टिप्पणी गरेका छन ।
वमले सामाजिक संजालमा लेखेको भनाइ यस्तो छ
मान्छेहरु भन्छन-नेपाली राजनीतिका सबैभन्दा ठुलो हास्यपात्र केपि ओलि हुन तर आज उन्ले विप्लवलाई त्यो आरोप लगाएछन। केपिको असलियत र विप्लव बारे उन्को टिप्पणीमा केही भन्न जरुरी छ ।
अहिले एकातिर केपि सरकारको अर्थमन्त्रीले स्वयत पत्र जारी गर्दै भन्छ- सरकारी ढुकुटी रित्तो छ अर्थतन्त्र संकटमा छ । अर्कोतिर केपिको कथित रास्ट्रवाद शुस्मा स्वराजको सारीसगै बेरिएर भारत भ्रमणमा निस्किदैछ र मोदिको पगरी गुथेर फर्कन लालायित छ ।
आज एकातिर विप्लवले राज्य वा सरकारको संकटग्रस्त यथार्थताको उजागर गरेका छन भने अर्कोतिर यस्को विकल्प बैज्ञानिक समाजवादलाई सारेका छन । यो मात्रै सैद्धान्तिक प्रश्न हैन नेपालको एकदमै ब्यबहारिक प्रश्न हो ।
केपी र पिके आफै हिंसाका उत्पादन हुन तर आज उनिहरु हिंसा विरुद्ध शान्तिको जो नारा दिदैछन त्यो साम्राज्यवादी आणविक भट्टीबाट दिएको नक्कली शान्तिको नारा हो जुन नाराले आज विश्वमा दैनिक हजारौं निर्दोष नागरिकको ज्यान लिने गरेको छ र नेपाललाई पनि त्यसैमा लपेट्न खोज्दैछ जस्को अगुवाई केपिले गर्दैछन ।
केपि र पिके ब्यक्तिगत र ब्यबहारिक स्वार्थका लागि सिद्धान्तको बली दिने संसोधनवादी हुन । यी “नाफाका लागि जे पनि गर्नु जायज ठहर्याउने” पुजीवादी मान्यता बोकेका वास्तविक कम्युनिस्टका हत्यारा हुन । जो आम्ने साम्नेको लडाइँबाट भागेका पतितहरु पिठ्युँ बाट छुरा घोचेर बहादुर भएको स्वाङ पार्दैछन । किनकि यदि यिनिहरु बहादुर भएको भए आफ्नो कम्युनिस्ट सिद्धान्त र व्यबहारका लागि लड्थे, साम्राज्यवादसग आत्मसमर्पण गर्दैनथे गरेपनि त्यो तथ्य स्विकार्ने हिक्मत गर्थे । सिद्धान्तमा झुठो बोल्नु सबैभन्दा ठुलो कायरता हो, कम्युनिस्ट नभएर पनि कम्युनिस्ट भएको झुठ बोल्नु ठिक त्यस्तै कायरता हो, किनकि अकुत निजि सम्पतिको मालिक कम्युनिस्ट हुदैनन ।
केपिले भनेकी विप्लव बढी सिद्धान्तनिष्ठ भए,सुतली बमको प्रयोग गरेर हिंसा चाहेको छन,केपि र पिकेलाई वारेन्ट जारी गरेर मजाक गरे अनि यो चंदा संकलनको मेसो हो । यसबारे केही भनौ –
हो, विप्लवले तपाईंहरु जस्तो ब्यक्तिगत र ब्यबहारिक स्वार्थका लागि सिद्धान्त बेचेनन यसर्थ तपाईंहरुले त विप्लवलाई सलाम गर्नुपर्ने हो । दोस्रो कुरा, जुन हिंसा वा बलप्रयोगको अनिवार्यताको मान्यताबाट नै केपि र पिकेको जन्म भएको हो संसारको परिवर्तन भएको हो त्यसैले अहिले यस्को बिरोध गर्नु भनेको जन्म दिने आमालाई बलात्कार गर्नु जत्तिकै अपराध हो । यो अपराध विरुद्ध सुतली बम पट्किनु र वारेन्ट जारी हुनु इतिहासको आवश्यकता हो । साथै तपाईंको सरकारको वारेन्टको जवाफ पनि हो । अन्तिम कुरा चंदा संकलनको छ । सायद कम्युनिस्ट घोषणा पत्र पढ्नै भएको होला । हो, हामी पुजी अपहरणकारी बाट पुजि खोस्ने सच्चा कम्युनिस्टहरु हौ, तपाईंहरु देशका प्रमुख नेताहरुसग जो बिना स्रोत र परिश्रम आएको पुजी छ त्यो त खोसिन्छ, राष्ट्रियकरन गरिन्छ । ढुक्क हुनुहोस् सायद यो तथ्य बुझेर पनि तपाईंहरु हामीलाई दमन गरेर सिध्याउन उद्द्त हुनुहुन्छ । चंदा त्यसैको सुरुवात बुझे हुन्छ । परिश्रमबाट कमाइएको निजि पुजि भने कम्युनिस्टले जबर्जस्त खोस्दैनन।
अन्त्यमा ,भारत भ्रमण अगाडि क्रान्ति र क्रान्तिकारी विरुद्ध यति बोल्नु र केही गर्नु अनिवार्य थियो होला तर प्रधानमन्त्री केपि ज्यु,यदि तपाई इमानदार हुनुहुन्छ भने, राजनैतिक मुद्दा को राजनैतिक बिश्लेसन गर्ने र राजनैतिक जवाफ दिने हिक्मत गर्नुहोस् । जहाँपनि जहिलेपनि दुनियाँ हसाउने काम नगर्नुहोस् ।