logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

मदिरा गुरुङ संस्कार अनुसार : मुख्यमन्त्री सचिवालयको स्पष्टीकरण


  • राजनीति
  • आइतबार, फाल्गुन ४ २०७६

पोखरा – सरकारी ओहदाको दुरुपयोग गरेको भन्दै आरोप लागेका  बेला मुख्यमन्त्री गुरुङको सचिवालयले भने यो विषयलाई अतिरञ्‍जित गरिएको भन्दै खण्डन गरेको छ। मुख्यमन्त्रीका निजी सचिव डिल्लीराम सिग्देलले आइतबार विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल र विभिन्‍न सञ्चारमाध्यममा सार्वजनिक भिडियो, फोटो र समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

गण्डकी प्रदेशको मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्नो सरकारी निवासमा मदिरा पार्टी दिइरको फोटो र भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। मुख्यमन्त्री गुरुङले मदिराको बोत्तल नै बोकेको फोटो र भिडियो सामाजिक सञ्जालमा लिक भएपछि उनको चर्को आलोचना भइरहेको छ।

‘फागुन २ गते माननीय मुख्यमन्त्रीज्यूको जेठानको परिवार बेलायतबाट आउनु भएको सन्दर्भमा पाहुनालाई खानाको प्रबन्ध गरिएको हो’, विज्ञप्तिमा भनिएको छ, ‘उक्त दिन माननीय मुख्यमन्त्रीज्यूको जन्म दिन रहेकोले निवासमा साँझ पारिवारिक जमघट गरिएको थियो।’ त्यस्तै निवासमा भएको पारिवारिक जमघटलाई सरकारी कार्यकक्षमै मदिरा पिएको भन्दै सार्वजनिक गर्नु विडम्बनापूर्ण भएको विज्ञप्तीमा उल्लेख छ। ‘गुरुङ जातिको संस्कार अनुसार पारिवारिक जमघटको क्रममा कुनै मर्यादा विपरित कार्य नभएको र अतिरञ्जित गर्न खोजिए जस्तै त्यस्तो नियत पनि नरहेको स्पष्ट पार्न चाहन्छौँ,’ विज्ञप्तीमा भनिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार