पोखरा – प्रा.डा. गणेशमान गुरुङलाई गण्डकी प्रदेश सरकारले गण्डकी विश्वविद्यालयको कुलपतिमा नियुक्त गरेको छ । गण्डकी प्रदेशको मन्त्रिपरिषद्ले डा. गुरुङलाई गण्डकी विश्वविद्यालयको कुलपति नियुक्त गर्ने निर्णय गरेको हो ।
प्रा.डा. गुरुङ विश्वविद्यालय समस्या समाधान समितिको नेतृत्वमा रहेर काम गरिसकेका व्यक्ति हुन् । उनी लामो समयदेखि प्राध्यापन क्षेत्रमा सक्रिय छन् ।
उनी संविधान सभाको सभासद्समेत हुन् । स्याङ्जाका स्थायी बासिन्दा गुरुङ राष्ट्रिय योजना आयोगको सदस्य समेत भएका थिए ।