logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

तनहुँको गुणादीमा मोटरसाइकल र ट्रक एक आपसमा ठोक्किदा लेखनाथका गुरुङ घाइते


  • राजनिती न्युज डेस्क
  • आइतबार, फाल्गुन ४ २०७६

तनहुँ- तनहुँको म्याग्दे गाउँपालिका २ निर्मलबस्ती गुणादीमा दुर्घटना भएको छ । मोटरसाइकल र ट्रक एकआपसमा ठोक्किदा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

पोखराबाट दमौली तर्फ आउदै गरेको ग १७ प ४५१९ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट जाँदै गरेको बा २ ख ४७२ नम्बरको सिमेन्ट घोल्ने ट्रक एकआपसमा ठोक्किदा दुर्घटना भएको प्रहरी जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक लेखनाथका २० वर्षीय सिजन गुरुङ घाइते भएका छन् । घाइतेको छाती र बायाँ हातमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

दमौली स्थित रत्नहरि अस्पतालमा सामान्य उपचार पश्चात पोखरा रिफर गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार