logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

डिआइडी बिश्वराज विरुद्ध ४ डिआइजीको गठबन्धन


  • राजनीति
  • मंगलबार, फाल्गुन ६ २०७६

नेपाल प्रहरीमा बेला –बेलामा गजबको गठबन्धन देखिने गरेको छ । अहिले पनि प्रहरीको नेतृत्वमा एउटा फरक खालको गठबन्धन बनेको छ ।

आफूहरुको ब्याज नै बर्बाद हुने अवस्था आएपछि चार सिनियर डीआईजीबीच एकता भएको हो ।

प्रहरीको ९१ औं टोलीका डिआइजीहरु शैलेश थापा क्षेत्री, हरि पाल, नीरज शाही र प्रद्युम्न कार्कीले गठबन्धन बनाएका छन् । अस्वस्थ चलखेल नभएमा ठाकुर ज्ञवालीपछि उनीहरु चारमध्येबाट एक आईजीपी हुनेछन् ।

तर, जुनियर ब्याचबाट अस्वभाविकरुपमा उदाएका विश्वराज पोखरेल अहिले नै एआईजी भएर असारपछि आईजीपी हुने खेलमा लागेपछि उनलाई रोक्न चार डीआईजीले एकता गरेका हुन् ।

आफ्नो जो भए पनि हुने तर जुनियर ब्याचबाट ओभरटेक गराएमा त्यो संगठनका लागि गलत हुने भन्दै उनीहरुले गठबन्धन बनाएका हुन्। हालै अनौपचारि बैठक बसेर उनीहरुले यस्तो रणनीति बताएका हुन् । यो समाचार आजको दृष्टि साप्ताहिकमा छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार