logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

युरोपमा जनयु’द्धकालिन मार्चपास एकिकृत जनक्रान्तिलाइ समर्थन गर्ने घोषणा


  • राजनीति
  • मंगलबार, फाल्गुन ६ २०७६

जनयु’द्धको २५ औं वर्षगाठको उपलक्ष्य तथा बार्षिक साधारणसभाको अबसरमा नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट नेपाली जनप्रगतिशिल मोर्चा पोर्चुगलले भब्यतापुर्वक सम्पन्न गरेको छ ।

युरोपेली मुलुक पोर्चुगलको राजधानी लिस्बनको अति ब्यस्त सडक मार्तिमुनिज देखि आन्जुसको एभरेस्ट हलसम्म गरिएको युवाहरुको मार्चपासमा जनयु’द्धकालिन झल्को दिएको एक सहभागीले जानकारी दिएकाछ । रातो टिसर्टमा स्वयमसेबकको उपस्थितिले कार्यक्रमको रौनकता वेग्लै बनाएको थियो ।

जन्मभुमि नेपाला ब्याप्त भ्रस्टाचार र दलालहरुको बिरु’द्धमा आवाज उठाउँदा प्रति’बन्द्ध लाग्नु लज्जाको बिषय भएको भन्दै मोर्चाले कडा आ’पत्ति जनाएको छ । मोर्चाले नेपाली जनताको मुक्ति र न्यायको लागि गरिने जुनसुकै आन्दोलनमा ऐक्यबद्धता जनाउने घोषणा गरेको छ ।

नेपाली जनप्रगतिशिल मोर्चा पोर्चुगलका अध्यक्ष पुर्ण बिकको अध्यक्षता तथा मोर्चाका युरोप अध्यक्ष बिष्णु भुजेलको प्रमुख आतिथ्यता सम्पन्न साधारणसभामा एनआरएनए पोर्चुगलका अध्यक्ष तिलक गैरे लगायत बिभिन्न जातिय क्षेत्रीय र बैचारिक सङ्घठनका प्रतिनिधि तथा नेपाली समुदायको उल्लेख्य उपस्थिति रहेको थियो

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार