logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

जनप्रिय नेता तथा जनगायक लामा जेल चलान


  • राजनीति
  • बिहिबार, फाल्गुन ८ २०७६

वि*प्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा संगीतकार माइला लामा धरौटी रकम बुझाउन नसकेपछि जे*ल चलान भएका छन्।

नेकपाका तत्कालीन उपत्यका इन्चार्ज लामालाई संखुवासभा जिल्ला अ*दालतले २५ हजार धरौटीमा छोड्न आदेश दिएको थियो ।

हा*तह*तियार तथा ख*रखजाना मुद्दामा प*क्राउ परेका लामालाई धरौटीमा रिहाको आदेश भए पनि रकम बुझाउन नसकेपछि पुनः जे*ल गएका हुन् ।

यश अघि नेता लामालाइ ललितपुर जिल्ला अ*दालत र सुनसरी जिल्ला अ*दालत बाट रिहा गरेपनि गि*रफ्तार गरि संखुवासभा पठाइएको थियोे ।

सरकारले प्र*तिबन्धित घोषणा गरेर वि*प्लव नेतृत्वको नेकपाका नेता कार्यकर्तालाई विभिन्‍न मुद्दामा प*क्राउ गरिरहेको छ।

एनसेल मुख्यालयमा ब*म वि*स्फोटको आरोपमा प*क्राउ परेका लामालाई ललितपुर अदालतले रिहा गर्न आदेश दिएको थियो। तर उनलाई अर्को मुद्दामा अदालत परिसरबाटै पक्राउ गरि सुनसरी लगिएको थियो । सुनसरीबाटसमेत रिहा भएका लामालाई अ*दालतबाटै प*क्राउ गरि संखुवासभा लगेर अर्को मु*द्दा चलाइएको थियो।

नेता लामालाई गत साउन ४ गते मध्यराति लामालाइ उपत्यकाको काँडाघारीबाट रातको १२ : ३० बजे प्रहरीले अपहरण शैलीमा गिरफ्तार गरेकाेे थियो  ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार