राजनीति
चर्चित जिवन प्रशिक्षक तथा युवा अभियान्ता नरबहादुर कार्कीले अहिलेको ब्यवस्था भनेको पैसाको लागी कोतपर्व गर्ने ब्यवस्था भएको भन्दै एकदिन पैसाका लागी गुटगत तरवार हानाहान हुने तिखो सस्लेषण गरेकाछन ।
सामाजिक संजाल फेसबुकमा स्टाटस अप्लोड गर्दै उक्त धारणा सार्वजनिक गरेकाहुन । भर्खरै सार्वजनिक भएको संचार मन्त्रीको ७० करोडको कान्डलाइ लक्ष्यित गर्दै कार्कीले यस्तो बिचार व्यक्त गरेकाहुन । उनले यो त सामन्य र शुरूवात मात्र भएको भन्दै यहि ब्यवस्था र अवस्था रहे पैसाका लागी पार्टी भित्रकै मान्छेहरुको कोतपर्व हुने ठोकुवा गरेका छन ।
कार्की लामो समय देखी नेपाली राजनीतिमा देखा परेका बिकृती बिसगतीका विरुद्ध निर्मम प्रहार गर्ने युवा अभियान्ता हुन । उनिलाइ नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपाको नेता भएको भन्दै प्रहारी गिरफ्तार गरेको थियो ।
उनको फेसबुक स्टाटस लिन्क हेर्न यहा जानुहोस
केहिसमय अगाडि कार्कीले एक प्रसङ्गमा बोल्दै पार्टीका नेता कार्यकर्तालाई फर्जी कारण बनाएर गि’रफ्तार गर्ने, झु’टामुद्दा लगाएर आतंकित पार्ने सपना नदेख्न भन्दै दलालहरुलाइ साच्चिकै आं’तकित पार्नुपर्यो भने लुक्ने ठाउँ कतै बाकी नरहने चेतावनी दिएकाछन उनले थपे ‘हाम्रा नेतालाइ खोज्न करोडौं बजेट निकासा गरेको खबर आएकाछन तर खरबौ खर्चे पनि विप्लव लाइ छुन सक्दौनौ किन तपाई पनि विप्लव हो म पनि विप्लव हो, इमान्दार प्रहरी र सेना पनि विप्लव हो,राष्ट्रिय पुजीपति पनि विप्लव हो ,बिद्यार्थी पनि विप्लव हो । हामी सबै एकीकृत जनक्रा’न्तिको कार्यदिशामा गोलबन्द हामी सबै विप्लव हो ।
जनयु’द्ध दिवसको उपलक्ष्यमा सबैलाइ रातो झण्डामुनी केन्द्रित हुदै मुलुक स्वाधिन र समृद्ध हुन अपिल समेत गरेका थिए ।
कार्कीले जनार्दनलाइ पार्टी बाट बि’द्रोह गर्न अपिल
सतारुढ दलका नेता जनार्दन शर्मालाइ एकीकृत क्रा’न्तिमा आउन आव्हान गरेका थिए उनले भने , उनले जनयु’द्ध दिवसमा एक वर्ष अगाडी एक कार्यक्रममा यो पाराले उपलब्धि सुरक्षित हुँदैनन् भन्दै गरेको सुनेको थिएँ, यस्ता दलालहरूको पछि लागेर हुँदैन कमरेड, हाम्रो पार्टीमा आउनुहोस्, एकीकृत जनक्रा’न्ति र वैज्ञानिक समाजवादका निम्ति अन्तिम पटक सँगै हिँडौँ, यो दलाल संसदीय व्यवस्थाका विरु’द्धमा आवाज बुलन्द गरौँ।’ दलाल पूँजिवादी व्यवस्थाका विरुद्धमा बोल्न र ल’ड्न डराउने कायरहरूको कार्यकर्ता बनेको ठ्याम्मै सुहाएन, हामी पुनः तपाइलाइलाई अबिर लगाएर पार्टीमा स्वागत गर्छौं कुनै सङ्कोच नमानी आउनुहोस्।’ नत्र त्यहा बसेर तर्क गर्नुको अर्थ नभएको जिकिर गरेका थिए ।