पोखरा – सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिसन मागेको अडियो बाहिरीय पछी सञ्चार मन्त्री गोकुल बास्कोटाले राजिनामा दिए।
बास्कोटाले राजिनामा दिए सँगै उनले सम्हाल्दै आएका दुई मन्त्रालयको नेतृत्व खाली भएको छ गत पुस २५ देखि बाँस्कोटाले सहरी विकास मन्त्रालयको पनि जिम्मेवारी सम्हालेका थिए।
उपेन्द्र यादवको पार्टीले सरकारको समर्थन फिर्ता लिएपछी सहरी विकास मन्त्रालयको पनि जिम्मेवारी पनी ओलीका विश्वास पात्र बास्कोटाले सम्हालेका थिए।
त्यतिबेला खाली भएको कानुन मन्त्रालयमा केही दिनअघि शिवमाया तुम्बाहाङ्फे मन्त्री नियुक्त भइसकेकी छन्।
सञ्चार र सहरी विकास मन्त्रालयको जिम्मेवारीमा प्रम ओलीले कसलाई जिम्मा दिनेछ त्यो भने हेर्न नै बाकी छ ।