logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

तनहुँ व्यास नपा भित्र प्लास्टिक झोला प्रतिबन्ध


  • रासस
  • शनिबार, फाल्गुन १० २०७६

तनहुँको व्यास नगरपालिकाले नगर क्षेत्रभित्र प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाएको छ । नगरपालिकाले यही फागुन १ गतेदेखि सबै वडामा प्लास्टिकका झोला प्रयोगमा प्रतिबन्ध लगाएको हो ।
‏
नगरपालिकालाई वातावरणमैत्री बनाउने उद्देश्यले प्लास्टिकको झोलाको प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय भएको नगर प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए । नगरपालिकाले सात वर्षअगाडि कालो प्लास्टिकमुक्त नगर घोषणा गरिसकेको छ ।

कम्पनीबाट नै सामान प्याकिङ भएर आउने प्लास्टिकलाई तत्काल प्रतिबन्ध लगाउन सक्ने अवस्था नभए पनि बजार क्षेत्रमा खरिद गर्ने सामान राख्न प्लास्टिकको झोलालाई प्रतिबन्ध लगाउने गरी नगरपालिकाले गत वर्षको परिषद्बाट नै निर्णय गरेको र सोही निर्णयलाई कार्यान्वयनमा ल्याइएको नगरपालिकाका सरसफाइ उपशाखाका प्रमुख भाग्यशाली ढुङ्गानाको भनाइ छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार