logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

आइजिपीको कार्यक्रममा सहभागी हुन जादाँ प्रहरी भेन दुर्घटना ,चार प्रहरी घाइते


  • राजनिती न्युज डेस्क
  • आइतबार, फाल्गुन ११ २०७६

पोखरा – नेपाल प्रहरी सवार भेनलाई रौताहट निगाहपुरको जंगलमा विपरित दिशा बाट आएको ट्रकले ठक्कर दिदाँ चार जना प्रहरी घाइते भएका छन्। आइतवार बिहान ना६ख ९६२५ नम्बरको ट्रकले रौतहटका विभिन्न प्रहरी चौकीमा कार्यरत असईहरू सवार ना१ख १३३१ नम्बरको भ्यानलाई ठक्कर दिएको हो।

कको ठक्करबाट असईहरू गोविन्द यादव, मनोज सिंह, स्पनाथप्रसाद यादव, हृदयप्रसाद यादव र भ्यान चालक प्रहरी जवान सरोज यादव घाइते भएको चपुर प्रहरी कार्यालयले जनाएको छ। घाइतेलाई चन्द्रनिगाहपुरस्थित अस्पतालमा उपचार गरिएको छ।

असईहरू प्रहरी महानिरीक्षक (आइजिपी) ठाकुर ज्ञवाली सहभागी हुने पथलैयास्थित कार्यक्रममा भाग लिन जाँदै थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार