पोखरा – आज बिहान त्रिशुलीमा सिमेन्ट बोकेको ट्रक खसेको छ । बिहान करिब साढे ३ बजे शालिमार सिमेन्ट बोकेको ट्रक धादिङको बेनिघाट रोराङ गाउँपालिकास्थित पृथ्वी लोकमार्गमा ट्रकको टायर पड्किदा अनियन्त्रित भए रत्रिशुली नदीमा खसेको हो ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काका अनुसार ना ५ ख ३७७७ नं। को ट्रक सडकबाट १ सय मिटर तल खसेको छ । दुर्घटनामा मकवानपुर घर भएका ४६ वर्षीय ट्रक चालक बिखे थोकर र सप्तरी घर भएका सहचालक १८ वर्षीय राजेश विक घाइते भएका थिए ।
दुवैलाई उपचारको लागि गजुरी अस्पताल लगिएकोमा थोकरको उपचारको क्रममा मृत्यु भएको थियो । विकको अवस्था भने सामान्य रहेको छ ।