logo मंगलबार, कार्तिक २५ २०८३ | Tuesday 10th November 2026

६९ औ जन्मदिन मनाउन तेह्रथुम-आठराई आउने भएपछी गाँउपालिकाले दियो सार्वजनिक बिदा


  • राजनिती न्युज डेस्क
  • आइतबार, फाल्गुन ११ २०७६

पोखरा – ६९ औ जन्मदिन मनाउन प्रम केपी ओली जन्मस्थल तेह्रथुम-आठराई आउने  भएपछी आठराई गाउँपालिकाले सार्वजनिक बिदा दिने सूचना जारी गरेको छ।

प्रम ओलीले त्यहाँ एक स्थानीय बाटोको शिलान्यास गर्नुको साथै र नेपाल बैंकको उद्घाटन गर्नेछन्।आठराई गाउँपालिकाकी उपाध्यक्ष रुपा देवी कन्दङवाले प्रम ओलीबाट सुकेपोखरी, पोखरे मावि, प्रणामी मावि हुँदै ढुङ्गे साँघु जाने ९ किलोमिटर लामो बाटोको शिलान्यास र दन्वद्का कारण बन्द भएको नेपाल बैंकको उद्घाटन गर्ने कार्यक्रम रहेको बताइन्।

ओलीको जन्म २००८ साल फागुन ११ गते तेह्रथुमको आठराईमा भएको थियो भने २०२० सालमा ओली परिवार झापा बसाईं सरेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार