रुसका राष्ट्रपति भ्यादिमिर पुटिन त्यस समय एकदमै हैरानमा परे, जब एक महिलाले उनलाई कति कमाउनुहुन्छ भनेर सोधिन । उनले पुटिनलाई १९ हजार रुपैयाँ (१०८०० रुबल)ले मासिक गुजारा चलाउन सक्नुहुन्छ भनेर प्रश्न सोधेकी थिइन् ।
सामान्यतया सार्वजनिक ठाउँमा जोगिएर हिँड्ने पुटिनलाई महिलाको त्यो सबालले भने निकै हैरानीमा पार्यो । आफ्नो पैतृक शहर सेंट पीटर्सबर्गको भ्रमणमा निस्किएका पुटिनलाई व्यक्तिगत गुजाराबारे ति महिलाले प्रश्न गरेकी थिइन् ।
रुसमा बढ्दो आर्थिक मन्दीसँगै बढ्दो महंगाई र बेरोजगारीले संकट निमित्तै गएको छ । सेंट पीटर्सबर्गको भ्रमणमा निस्किएका बेला जब पुटिन सडकमा आम नागरिकसँग कुराकानी गर्न पुगे, त्यस समय स्थानिय महिलाले आफ्नो गुजाराबारे प्रश्न उठाएकी थिइन् ।
महिलाले पुटिनलाई ८ लाख मासिक रुबलले पुगेको छ कि छैन् भनेरसमेत प्रश्न गरेकी थिइन् । त्यस समय पुटिनले रुसमा आफुँले भन्दा अरुले धेरै कमाउने गरेको बताएका थिए । उनले बढ्दो आर्थिक समस्यालाई समाधान गर्ने गरि सरकारले प्रयास गरिरहेको भन्दै आश्वस्त बनाउने कोसिस गरेका थिए ।
सार्वजनिक ठाउँमा अति जोगिन्छन् पुटिन
राष्ट्रपति पुटिन सार्वजनिक ठाउँमा अति जोगिएर हिँड्छन् । उनिमाथि कसैले प्रश्न उठाए उनि मुसुस्काएर अगाडि बढ्छन् । उनि सार्वजनिक ठाउँमा के बोल्ने भन्ने कुरा पहिला नै तय गरेका हुन्छन् ।
सार्वजनिक ठाउँमा मानिसहरुसँग कमै मात्रै भेट्ने र कुराकानी गर्ने उनि त्यस समय भने जोगिएर हिँड्न पाएनन् । उनलाई पीटर्सबर्गका स्थानीयले घेरेर प्रश्न गरेका थिए ।
के सोधेकी थिइन् महिलाले ?
महिला : तपाईँ कति कमाउनुहुन्छ ? के १० हजार रुबेलले मासिक गुजारा चलाउन सक्नुहुन्छ ?
पुटिन : यसको जवाफ धेरै मुश्किल छ ।
महिला : तपाईँको तलब शायद ८ लाख रुबल होला होइन् ?
पुटिन : देशमा राष्ट्रपतिले भन्दा बढि कयौं मानिसले कमाउँछन् । राष्ट्रपतिको सबैभन्दा बढि तलब छैन् । तपाईँ सहि हो । कयौं सामाजिक समस्याहरु छन्, जसको सरकारले समाधान निकाल्नुपर्ने छ ।
महिला : तपाईँ यसको समाधान किन गर्नुहुन्न ?
पुटिन : हामी हल गर्ने कोशिस गरिरहेका छौं । एजेन्सीकाे सहयाेगमा