logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

फेवातालमा डुंगा पल्टिदा एक जना बेपत्ता


  • राजनिती न्युज डेस्क
  • सोमबार, फाल्गुन १२ २०७६

पोखरा- फेवातालमा डुंगा पल्टिदा एक जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार काठमाडौंबाट घुम्न आएको टोली डुंगा पल्टिदा एक जना बेपत्ता भएका हुन् ।

प्रहरीकाअनुसार डुंगामा सवार ४ जनामध्ये ३ जनालाई नेपाली सेनाको रेस्क्यु टोलीले उद्दार गरि सकेको छ । दिउँसो करिब १ बजेर ३० मिनेट जाँदा डुंगा पल्टिएको थियो ।

प्रहरीकाअनुसार प्राइभेट डु्ंगा लिएर गएका उनीहरु डुंगामा पानी भरिएपछि पल्टिएको थियो । बेपत्ता एकको खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डिएसपी राजकुमार केसीले जानकारी दिए । फेवातालको सिरान खपौदीबाट उनीहरु डुंगा लिएर निस्केका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार