राजनीति
पुर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले वर्तमान प्रधानमन्त्री केपी ओलीलाई कालो झण्डा देखाउनेलाई प’क्राउ गरेकोप्रति आ’पत्ति जनाएका छन् ।
फागुन १२ गते सोमबार साँझ आफ्नो ट्वीटर ह्यान्डलमार्फत कालोझण्डा देखाउँदैमा गिर’फ्तार गर्नु ओली सरकार पञ्चायती निरंकुश मार्गमा उद्यत छ भन्ने जिउँदो प्रमाण भएको प्रतिक्रिया दिएका हुन् ।
‘शान्तिपूर्ण ढंगले वि’रोध गर्न पाउनु संविधानप्रदत्त लोकतान्त्रिक अधिकार हो । निरंकुश पञ्चायती कालमा झैं कालोझण्डा देखाउँदैमा गिर’फ्तार गर्नु भनेको ओली सरकार पन्चायती निरंकुश मार्गमा उद्यत छ भन्ने जिउँदो प्रमाण हो,’ उनले अगाडि लेखेका छन्, ‘जसरी पञ्चायत गयो, राजतन्त्र गयो, ओलीतन्त्र पनि जान्छ ।’
सोमबार बिहान प्रधानमन्त्री ओली नेकपा गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न सोमबार पोखरा आउँदा नेविसंघ र समाजवादी विद्यार्थी युनियनका नेताहरुले कालो झण्डा देखाएका प्रयास गरेका थिए ।
पोखरा सभागृह गेटबाहिर कालो झन्डा देखाउने तयारी गर्दै नाराबाजी उनीहरुलाई प्रहरीले गिरफ्तार गरेको थियो ।