logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

दिल्लीमा दङ्गा प्रहरी सहित ४ जनाको ज्यान गयो


  • एजेन्सी
  • मंगलबार, फाल्गुन १३ २०७६

दिल्लीको यमुना पारी इलाकामा नागरिकता संशोधन कानूनविरु’द्ध वि’रोध प्रदर्शन लगातार दोस्रो दिन हिं’स्रक भएको छ ।

समाचार एजेन्सी एएनआईका अनुसार उक्त हिं’सामा अहिलेसम्म तीन सर्वसाधारणको र एक पुलिस अधिकारी मृ’त्यु भएको छ ।

दिल्ली सरकारमा मन्त्री गोपाल राय बाबरपुर इलाकामा गोलीबारी र आगलागीको घटना सार्वजनिक भएपछि संवेदनशील इलाकामा पुलिस बल पठाउने निवेदन लिएर दिल्लीको उप राज्यपाललाई भेट्न उनको आवास पुगेका छन्  ।

तर यो खबर लेखुञ्जेलसम्म दिल्लीको पर्यावरण मन्त्री गोपाल रायसँग एलजी अनिल बैजालको भेट हुन सकेको छैन ।

>सोमबार के भयो ?

सोमबार दिउँसो र बेलुका भएको हिं’स्रक घटनामा चारजनाको मृ’त्यु भएको छ ।

जाफराबादमा बस्ने मोहम्मद सुल्तान नामका प्रदर्शनकारीको खुट्टामा गो’ली लागेका कारण मृ’त्यु भएको छ ।

पुलिस अधिकारीले बीबीसीसँगको कुराकानीमा गो’ली सुल्तानको खुट्टामा लागेको तर अत्यधिक रक्तश्राव भएका कारण उनको मृ’त्यु भएको बताएका छन् ।

यस्तै प्रदर्शनका क्रममा शाहिद अल्वी नामका टेम्पो चालकको पनि गोली लागेका कारण मृ’त्यु भएको छ । शाहिद अल्वी मूल रुपमा उत्तर प्रदेशको बुलन्दशहर जिल्लाको डिबाई क्षेत्रका बासिन्दा हुन् ।

उनका भाइ राशिद अल्वीले बीबीसीलाई भने, ‘शाहिद अटो चलाउँथे । दंगाका बेला उनको पेटमा गो’ली लाग्यो । उनको शवलाई पोस्टमार्टमका लागि जीटीबी अस्पताल पुर्‍याइएको छ ।’

शाहिदको विवाह दुई महिना अघि मात्रै भएको थियो । उनी दिल्लीको मुस्तफाबाद इलाकामा भाडामा बसिरहेका थिए ।

जीटीबी अस्पतालमा भएका बीबीसी संवाददाता प्रशान्त चहलका अनुसार अस्पतालमा २५ घाइतेलाई भर्ना गरिएको छ ।

अस्पताल स्रोतले प्रशान्त चहललाई बताए अनुसार २५ जनालाई ग’म्भीर अवस्थामा अस्पताल ल्याइएको छ । तीमध्ये एक डीसीपी छन् जसलाई मेक्स अस्पताल रिफर गरिएको छ । रतन लाल नामका पुलिसकर्मी र अन्य एक युवकलाई मृ’त अवस्थामा अस्पताल पुर्‍याइएको थियो । घाइतेलाई क्रिटिकल केयरमा राखिएको छ ।

जीटीबी अस्पताल प्रशासनले डाक्टरको ड्युटी बढाइदिइको छ ।

यस्तै समाचार एजेन्सी पीटीआईका अनुसार उक्त हिं’सामा एक हेड कन्सटेबलको पनि मृ’त्यु भएको छ । मा’रिएका हेड कन्सटेबलको नाम रतन लाल हो ।

थुप्रै इलाकामा ढु’ङ्गा हा’नाहान र आगलागीपछि स्थिती तना’वग्रस्त भएको छ ।

हज्जारौंको संख्यामा भएको भीडमाथि नियन्त्रण पाउनका लागि पुलिसले अत्यधिक मिहिनेत गर्नुपरेको छ ।

पुलिसको ला’ठीचार्ज पछि भाडदौडको स्थिती सृजना भएको छ ।

थुप्रै घर र व्यापारिक प्रतिष्ठानमाथि पनि आ’गजनी गरिएको छ । जुन इलाकामा हिं’सा भएको छ त्यहाँ मुसलमानको ठूलो जनसंख्या छ ।

हिं’सालाई ध्यानमा राखेर दिल्ली मेट्रोले सरक्षाका कारण पाँच स्टेशन बन्द गरेको छ । यो स्टेशन जाफराबाद, मौजपुर–बाबरपुर, गोकुरलपुरी, जोहरी एन्कलेव र शिव विहार ।

बाबरपुर–मौजपुर मेट्रो स्टेशनमा भारी मात्रामा ढु’ङ्गा हा’नाहान भएको छ । यहाँ कम्तीमा दुई वाहनमा आगलागी गरिएको छ ।

सलमान रावी/ बीबीसी हिन्दी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार