logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

नक्कली अख्तियार मन्त्रालय बाट बाँस्कोटाका ७ डायरी गाएव !


  • पत्रपत्रिका
  • मंगलबार, फाल्गुन १३ २०७६

निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले राजीनामा दिएको दिन यही फागुन ८ गते उनको कार्यकक्षमा छापा मा’रिएको भन्ने विषयले व्यापक चर्चा पाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूले छापा नमा’रेको बताएपछि घटना झन् रहस्यमय भएको हो ।

तर, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय स्रोतले भने उक्त दिन निर्वतमान मन्त्री बाँस्कोटाका सचिवालयका सदस्यले नै सचिवालय र मन्त्रीको कार्यकक्षमा छापा मा’रेको दाबी गरेको छ ।

‘ती सदस्यहरुले बाँस्कोटाका ७ वटा डायरी लगेका हुन् ।’–स्रोतले समाचारपत्रसँग बतायो । तर, स्रोतले ती डायरीमा के–के छ भन्ने विषयमा आफूहरुलाई केही थापा नभएको बताउँदै भन्यो, ‘मन्त्रीको डायरी हेर्ने कुरै भएन नि ।’ यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार