राजनीति
नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रा’न्तिकारीले सेम ब्यूरोले शैक्षिक हड’तालमा सहयोग गर्न आव्हान गरेको छ ।
क्रा’न्तिकारीका ब्यूरो इन्चार्ज बिरेन्द्र शाहले एक बिज्ञप्ती जारी गर्दै आफ्ना नेता कार्यकर्ताको बिना कारण गरेको गि’रफ्तारीको बि’रोध गरेकाछन । उनले वर्तमान सत्ताले हिजोका राजा र पन्चेहरु लाई उछिन्दै मानवअधिकार र नागरिकहरुको मौलिक हकका सम्पुर्ण मुल्यमान्यताहरु लाई बुट मुनि कु’ल्चिएको धारणा व्यक्त गरेकाछन ।
क्रा’न्तिकारीले सङ्गठनका केन्द्रिय अध्यक्ष र केन्द्रिय कोषाध्यक्ष लगायत विभिन्न जिल्लाहरुमा सङ्गठनका विद्यार्थी नेताहरु लाई गि’रफ्तार गरि झुठो मुद’द्दा लगाएर राखिएको भन्दै तीब्र आ’क्रोश व्यक्त गरेको छ ।
क्रा’न्तिकारी सेमले सत्ताको द’मन, ध’रपकड र फा’सीवादी चरित्रका वि’रुद्धमा स’शक्त रुपमा उभिन सम्पुर्ण न्यायप्रेमी विद्यार्थी मित्रहरू र आम सबैमा हार्दिक अपिल गरेको छ ।
बिज्ञप्ती यस्तो रहेको छ
अखिल (क्रा’न्तिकारी )
सेतिमहाकाली क्षेत्रीय समन्वय समिति
मिति : ०७६-११-१३
विषय : फागुन १४ गते को शैक्षिक हड’तालको सन्दर्भमा !
देशमा यतिबेला केपि-बादल कम्पनीको फा’सीवादी सत्ता चलिरहेको छ। यिनिहरुले राणा-राजा र पन्चेहरु लाई उछिन्दै मानवअधिकार र नागरिकहरुको मौलिक हकका सम्पुर्ण मुल्यमान्यताहरु लाई बुट मुनि कुल्चिदै हाम्रो सङ्गठनका केन्द्रिय अध्यक्ष क. चिरञ्जीवी ढकाल र केन्द्रिय कोषाध्यक्ष क. नरेन्द्र विश्वकर्मा लागायत विभिन्न जिल्लाहरुमा हाम्रो सङ्गठनका विद्यार्थी नेताहरु लाई गि’रफ्तार गरि झु’ठो मु’द्दा लगाएर राखिएको छ। दलाल राज्यको श्वेत आ’तंकको प्र’तिरोध स्वरुप र क’मरेडहरुको ससम्मान रिहाईका लागि केन्द्रिय कार्यक्रम अनुसार यहि फागुन १४ गते देशव्यापी शैक्षिक हड’तालको कार्यक्रम रहेको हुँदा सो कार्यक्रम अनुरुप हाम्रो यस ब्युरो अन्तर्गत सेतिमहाकाली का ०९ वटै जिल्लामा रहेका सम्पुर्ण शैक्षिक संघसंस्थाहरु ब’न्द गरि सहयोग गरिदिन हुन सबैमा अनुरोध गर्दछौं साथै भ्रष्टा’चारीहरुका नाईके केपिबादल कम्पनीको द’मन, धर’पकड र फा’सीवादी चरित्रका वि’रुद्धमा सशक्त रुपमा उभिन सम्पुर्ण न्यायप्रेमी विद्यार्थी मित्रहरू र आम सबैमा हार्दिक अपिल गर्दछौ !
क्रा’न्तिकारी अभिवादन सहित !
विरेन्द्र शाह
संयोजक
