logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

मालवाहक ट्रकले कलंकीमा ९ वटा सवारीलाई ठक्कर दियो


  • राजनीति
  • मंगलबार, फाल्गुन १३ २०७६

पोखरा – सोमबार साँझ मालवाहक ट्रकले कलंकीमा  ९ वटा सवारीसाधनलाई ठक्कर दिएको छ।

कालिमाटी प्रहरी वृत्तका डिएसपी रुगम कुँवरले थानकोटबाट कलंकी आइरहेको मालवाहक ट्रकको ब्रेक फेल हुँदा कलंकी नजिक ढुंगाअड्डाको ओरालोमा ३ मोटरसाइकल, १ स्कुटर, २ मिनीट्रक, १ स्कोर्पियो, १ ट्याक्सी, १ हात्तीगाडी र १ सरकारी गाडीलाई ठक्कर दिएको बताए ।

उक्त दुर्घटनामा एक जनाले ज्यान गुमाए । कुँवरका अनुसार चितवन टाँडीका शमशेर गुरुङले ज्यान गुमाएका हुन्।दुर्घटनामा घाइतेमध्ये चारको अवस्था गम्भीर छ। उनीहरुको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

सर्लाही घर भएका ट्रक चालक वीरेन्द्र कुमार साहलाई नियन्त्रणमा लिइएको डिएसपी कुँवरले जानकारी दिए। ट्रक पनि नियन्त्रणमा लिइएको र थप छानविन भइरहेको उनले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार