logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

नेविसंघ कास्कीको अनिश्चितकालिन आम शैक्षिक हड्ताल ! मन्त्री सवार गाडीको चावी नियन्त्रणमा


  • राजनिती न्युज डेस्क
  • मंगलबार, फाल्गुन १३ २०७६

पोखरा – आफ्ना कार्यकर्ता पक्राउ परेको विरोधमा नेविसंघ कास्कीले फागुन १५ गते देखि अनिश्चित कालिन आम शैक्षिक हड्ताल घोषणा गरेको छ । सत्ता र शक्तिको आडमा आफ्ना कार्यकर्ता फसाउन खोजको भन्दै नेविसंघ कास्कीले चरणबद्ध आन्दोलन घोषणा गरेको हो ।

नेविसंघले पोखरा छिर्ने मुख्य नाका पियु चोक, महेन्द्रपुल, नालामुख लगायतका ठाउँमा टायरबालेर विरोध जनाएको छ । बिहान करिब १० बजेतिर पिएन क्याम्पसमा प्रहरी र नेविसंघबीच हानाहान हुँदा नेविसंघकका सुजन लामिछाने गम्भिर घाइते भएका थिए । उनको अहिले मणिपाल अस्पतालमा उपचार भइरहेको छ । नियन्त्रणमा लिइएको गाडीमध्ये एउटा गाडी गण्डकी प्रदेशका मन्त्रीको रहेको नेविसंघले जनाएको छ ।

प्रेस विज्ञप्ति
नेपालको प्रत्येक राजनीतिक क्रान्ति र राजनीतिक उपलब्धीहरूको नेतृत्व गरेको पार्टी नेपाली कांग्रेसको सबै भन्दा निकट र प्रभावशाली भातृसंगठन नेपाल विद्यार्थी संघ रहेको र सामाजिक न्यायका पक्षमा नेपाल विद्यार्थी संघ सधै लड्दै आएको समेत सबैलाई सर्वविदितै छ । विगत केही समय देखि पृथ्वीनारायण क्याम्पसमा ने.वि. संघ र अनेरास्ववियु बीच सांगठनिक मतभेदका कारण पटक पटक असहज परिस्थिति सिर्जना हुँदै आएको जानकारी गराउन चाहन्छौं ।

पृथ्वीनारायण क्याम्पस पोखरामा ने.वि. संघ र अनेरास्ववियुको विचमा सांगठनिक मतभेदका कारण पठनपाठन लगायतका शैक्षिक गतिविधिमा केही असामान्य परिस्थिति सिर्जना भएको जानकारी गराउन चाहन्छौं ।

यसै सन्दर्भलाई लिएर आज वर्तमान भ्रष्ट अधिनायकवादी ओली सरकारको निर्देशनमा प्रशासनले पूर्वाग्रही ढङ्गबाट हाम्रा केही निर्दोष विद्यार्थी नेता साथीहरुलाई किटानी जाहेरी दिई सुनियोजित ढङ्गबाट फसाउने कुटिल प्रपंचका साथ संगठानिक विवाद मिलाउने क्याम्पस प्रमुखको पहलमा भएको वार्तामा सहभागी हुन जाने क्रममा ने.वि. संघका नेता एवम् स्ववियु सभापतिका उम्मेद्वार रेशम हमाल (राजेश) लाई क्याम्पस हाता भित्रैबाट क्याम्पस प्रशासनको मिलेमतोमा पक्राउ गरिएको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको छ ।

हाम्रा विद्यार्थी नेताहरु माथि लगाइएको झुठा र कपोकल्पित मुद्धा खारेजीको माग राखी, उहाँको बिना शर्त रिहाइको अपिल गर्दै भोलि मिति २०७६ फागुन १३ गते देखि निम्न बमोजिमको चरणबद्ध आन्दोलन घोषणा गर्ने जानकारी गराउँदछौंः

१) भोली मिति २०७६ फागुन १३ गते विहान ७ः३० बजे पृथ्वीनारायण क्याम्पस गेट अगाडि चक्का जाम एवम् विरोध प्रदर्शन गर्ने ।

२) भोली मिति २०७६ फागुन १३ गतेबाट कास्की जिल्लामा चल्ने सरकारी गाडी रोक ।

३) मिति २०७६ फागुन १५ गते विहिबारदेखि अनिश्चितकालिन कास्की जिल्लाका शैक्षिक संस्थाहरु पूर्णरुपमा बन्द गर्ने ।

दिपक शर्मा वाग्ले

अध्यक्ष ने.वि. संघ पृथ्वीनारायण क्याम्पस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार