राजनीति
पुर्व प्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले आफूलगायत नेताको सम्पत्ति छानबिन गर्नुपर्ने धारणा राखेकाछन ।
फागुन १४ गते बुधबार प्रतिनिधिसभामा बोल्दै भट्टराईले बिकट गाउँमा बुकुरो घर भएका नेताहरूको काठमाडौंमा महल कसरी ठडियो भन्ने कुराको छानबिन गर्न माग गरेकाछन ।
पुर्व प्रधानमन्त्री भट्टराईले भने ‘मलगायत सबैको सम्पत्ति छानबिन गरौं,’ ‘हिजो हामी त साथीहरूले दिएको जडौरी लुगा, चप्पल लगाएर हिडेका थियौं । अहिले हामी कसरी सुटेटबुटेट भएका छौं? कसरी चिल्ला कार चढेर हिडेका छौं?’
उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको तेह्रथुमस्थित घर ओलीको जन्मदिनको दिन हेर्न पाएको उल्लेख गर्दै भट्टराईले प्रधानमन्त्री ओलीको भन्दा गोरखामा आफ्नो घर राम्रो भएको समेत तर्क गरेकाछन ।
उनले आफू अर्थमन्त्रीसमेत भइसकेको व्यक्ति भएकोले जसरी हिसाब गर्दा पनि बाहिर देखिने सम्पत्तिले मात्रै नेताले काठमाडौंमा महल ठड्याउन नसक्ने तर्क गरेकाछन ।
भट्टराईले ओली सरकारको दुई वर्ष भुइँ मान्छेका लागि कौवालाई बेल पाक्यो हर्ष नि विस्मातजस्तै भएको टिप्पणी गरे।
‘कतिपय मान्छेले सरकारका दुई वर्ष खेर गयो भनेका पनि छन् तर मान्छेपिच्छे हेराइ त फरक पर्छ नै,’ उनले भने।
भट्टराईले आफु लगायत प्रधानमन्त्री भैसकेका सबैको सम्पत्ति छानबिन गर्न माग समेत गरेकाछन ।