राजनीति
विप्लव नेतृत्वको नेकपाा निकट अखिल नेपाल महिला संघ क्रान्तिकारी कैलालीको दाेश्राे जिल्ला सम्मेलन यहीँ फागुन १५ गते सम्पन्न भएको छ ।
माेनिकाकाे अध्यक्षता , सृष्टिको सञ्चालन र माेतिकलाकाे स्वागत मन्तव्यबाट शुरु भएको सम्मेलनकाे प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका सेती महाकाली इन्चार्ज कमरेड निर्माण रहेका थिए । सम्मेलनको उद्घाटन मन्तव्य राख्ने क्रममा नेता निर्माणले मातृ समाजको बिघटन देखि हालसम्मको साम्राज्यवादी पुजीवादी अवस्था सम्म महिलाहरू उत्पिडित, दमित र पिडित हुनुको पछाडि पृतिसतात्मक पुजीवादी समाज र सत्ता मुल कारण रहेको बताए । जवसम्म संसारभरि र नेपालमा पुजीवादी सत्ता रहिरहन्छ तबसम्म महिला मुक्ति संभव छैन ।
महिला र पुरुषको बिचकाे वास्तविक समानता बैज्ञानिक समाजवाद र कम्युनिस्ट बिचारले मात्रै प्रदान गर्ने भएकोले सम्पुर्ण उत्पिडित र श्रमिक महिला समाजवादी क्रान्ति काे बाटोमा अघि बढ्नु पर्ने कुरामा जाेड दिए । नेपालमा एकीकृत जनक्रान्ति अघि बढेकाले अब महिला मुक्तिको दियो बलेको र त्यसले सबैलाई आशावादी बनाएको छ । दलाल पुजीवादी हरु एकपछि अर्को असफलताको दलदलमा फस्दै गएको र एकीकृत जनक्रान्ति सफलतापूर्वक अघि बढेकाले अब छिट्टै नेपालमा बैज्ञानिक समाजवाद स्थापना हुदैछ ।
सम्मेलनका अन्य अतिथिहरुमा संघकी केन्द्रीय सदस्य तथा सेम इन्चार्ज पुर्णिामा , केन्द्रीय सदस्यहरु पार्वती सिह, ममता सुर्खेती, पबित्रा बिक, नेकपा कैलालीका इन्चार्ज प्रशान्त , सचिव करण, अखिल क्रान्तिकारी का केन्द्रीय सदस्य बबरजंङ सिह, दलित मुक्तिमोर्चाका जिल्ला अध्यक्ष मधुसूदन लगाएत जिल्ला पार्टी सल्लाहकार र सचिवालय सदस्यहरु थिए । सबै अतिथि वक्ताहरूले सम्मेलन सफलताको शुभकामना सहित निर्वाचित नयाँ कमिटीलाई बधाई दिएका थिए ।
सम्मेलनको बन्दसत्रले सृष्टिको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ । सम्मेलनको क्रममा लामाेसमय दलाल सरकारको जेल र हिरासतमा बन्दी भै रिहाइ भएकाहरुलाई सम्मान पनि गरिएको थियोे ।