logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

यस्ताे छ मैनालीकाे पछिल्लो स्वास्थ्य अवस्था


  • राजनीति
  • शुक्रबार, फाल्गुन १६ २०७६

बिहीबार सवारी दु’र्घटनामा परी घा’इते भएका नेकपा (माले)का महासचिव सिपी मैनालीको अवस्था ख’तरामुक्त रहेको छ। काठमाडौँको टोखास्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत मैनाली ख’तरामुक्त रहेको अस्पताल स्रोतले जनाएको छ।

मैनालीको दाहिने खुट्टा दुई ठाउँमा भाँ’चिएको र शरीरमा भित्री चोट नभएको बताइएकाे छ।

भाइको छोरीको विवाहमा गएर झापाबाट काठमाडौँ फर्कदै गर्दा महासचिव मैनाली विपी राजमार्गको सिन्धुली क्षेत्रमा दुर्घ’टनामा परेका थिए। उनी सवार बा७च २१२० नम्बरको जिपलाई विपरीत दिशाबाट गइरहेको ना४च ७६८० नम्बरको भ्यानले ठक्कर दिएको थियो। दुर्घ’टनामा मनौलीका छोरा ३० वर्षीय सरोज, बुहारी पूजा ढुङ्गाना मैनाली, ५ वर्षीय नाति एन मैनाली र चालक रामप्रसाद पौडेल पनि घा’इते भएका थिए।

दुर्घ’टनालगत्तै घाइतेको बर्दिवासस्थित जनसेवा अस्पतालमा उपचार गरिएको थियो। थप उपचारका लागि घा’इतेहरुलाई ग्राण्डी अस्पतालमा ल्याइएको हो ।

यता महासचिव मैनाली काे पार्टी ले कार दुर्घ’टना नभइ नियाेजित भएको भन्दै निश्षक्ष छा’नवीन काे माग गरेकाे छ । हिजै एक प्रेस विज्ञप्ति जारी गर्दै मालले छानविनकाे माग गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार