राजनीति
माघ ६ गते चितवन बाट गिरफ्तार भएका नेपाली वामपन्थी राजनीतिक बिश्लेषक तथ राष्ट्रिय जागरण मंचका संयोजक गुणराज लोहनी रिहा भएकाछन ।
उनलाइ माघ ६ गते दिउसो बाटोमा हिडीरहेकै अवस्थामा बिना जानकारी गिरफ्तारी गरीएको थियो । लोहनी पछिल्लो समय राष्ट्रिय जागरण मन्च मार्फत राष्ट्रियता र जनतन्त्रको बारेमा अभियान संचालन गर्दै आएका छ्न ।
उनले एमसिसी बारेमा गिरफ्तार हुनु अगाडी अघिल्लो हप्ता मात्र एक कार्यक्रम सम्पन्न गरेका थिए । लोहनी विद्रोही नेपाल कम्युनिष्ट पार्टीका पूर्व केन्द्रीय सदस्य समेत हुन् । बिगत लामो समयदेखि अस्वस्थ रहेका लोहनीले स्वास्थ्यकै कारण केहि समयअघि मात्रै नेकपाको केन्द्रीय समितिबाट बिदा लिएका हुन । उनलाई यसअघि पनि गत असोजमा चितवन प्रहरीले गिरफ्तार गरेको थियो । लोहनीलाइ हिरासत बाट मुक्त भएको केहि समयमा पुन गिरफ्तार गरेको थियो ।
पटक-पटक गिरफ्तार गरेर अनावश्यक दुख दिएको र आलोचना खेपेको केपि सरकारले केही प्रमाण जुटाउन नसकेपछि अन्तत: राष्ट्रवादी अभियानता एवं, वरिष्ठ लेखक गुणराज लाेहनीलाई छाेड्न बाध्य भएकाे छ ।