पोखरा – स्याङ्जामा प्याराग्लाइडिङ दुघटना हुदा एक बिदेशी नागरिक घाइते भएका छन । स्याङ्जाको भीरकोट नगरपालिका ५ स्वरेक मैदानबाट आफैं प्यारासुट उडाएका फ्रान्सेली नागरिक ३५ वर्षीया साइमन हेन्री बोरेली घाइते भएका हुन ।
उनलाई थप उपचारको लागी फिस्टेलको हेलिकप्टर मार्फत काठमाण्डौ पुर्याइएको छ । जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख डीएसपी नवीनकृष्ण भण्डारीका अनुसार वालिङ नगरपालिका–११ डौवाफाँटमा ल्याण्ड गर्ने क्रममा दुर्घटना भएको बताए ।