पोखरा- मासु व्यवसायी संघ कास्कीको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । प्रमुख अतिथि संस्थाका संस्थापक अध्यक्ष अशोक श्रेष्ठले व्यवसायलाई मर्यादित बनाउन व्यवसायी जिम्मेवार हुनु पर्ने बताए ।
कार्यक्रममा कुखुरापालक किसान संघ अध्यक्ष यज्ञप्रसाद गुरुङ, पोल्ट्री व्यवसायी संघका अध्यक्ष गुरुप्रसाद पौडेल, मासु व्यवसायी संघका पूर्व अध्यक्ष युवा व्यवसायी भोलानाथ ओझा, पत्रकार यदुनाथ वञ्जारा, सहसचिव पवन नेपाल लगायतले सफलताको शुभकामना व्यक्त गरेका थिए । संघका अध्यक्ष गोविन्द प्रसाद तिवारीको वार्षिक प्रगति प्रतिवेदन तथा भावी कार्ययोजना र कोषाध्यक्ष लोकराज शर्माको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित भएको थियो ।
संघका अध्यक्ष गोविन्दप्रसाद तिवारीको अध्यक्षतामा भएको साधारण सभाको संचालन सचिव राजेन्द्र तिमिल्सिना र स्वागत उपाध्यक्ष ज्ञानहरि आचार्यले गरेका थिए ।एक दशकदेखि कास्की खसी तथा कुखुरा मासु व्यवसायी समितिको नामबाट सञ्चालित संस्थाले विधान संशोधन गरी गत वर्षदेखि मासु व्यवसायी संघ कास्की नामकरण गरेको हो । जसअनुसार पहिलो वार्षिक साधारणसभा भएको हो ।