logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

चिनले बनायाे तेस्रोलिंगी महिलाका लागि ‘अन्डर वेयर’


  • एजेन्सी
  • शनिबार, फाल्गुन १७ २०७६

चिनियाँ एक युवाले तेस्रोलिंगी महिलाका लागि ‘अन्डर वेयर’ तयार गरेका छन् । जुन विश्वमै पहिलो पटक डिजाइन गरिएको हो । हाओबो झाङ नाम गरेका डेलवेर विश्वविद्यालयका विद्यार्थीले आफ्नो फेशन डिजाइनको मास्टर्स डिग्रीको प्रोजेक्टको रुपमा उक्त अन्डर वेयर तयार पारेका हुन् ।

विश्वभर रहेका तेस्रोलिंगी समुदायका मानिसप्रति सम्मान हुने उद्द्श्यले पनि यस्तो कपडा तयार पारेको उनको भनाइ छ । साथै यस्तो अन्डरवेयर सहज हुने पनि बताइएको छ । झाङका प्रोफेसर मार्था हलले उनको यस्तो कामको प्रशंसा गरेका छन् । यसले तेस्रोलिंगी महिलालाई सजिलो हुने उनको अपेक्षा छ । २४ वर्षीय झाङ सांघाइका बासिन्दा हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार