logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

उपराष्टपतिलाई काेराेना संक्रमण


  • एजेन्सी
  • शनिबार, फाल्गुन १७ २०७६

प्राणघातकाे रुपमा फैलिएकाेे कोरोना भाइरसका कारण इरानमा २६ जनाको मृत्यु भइसकेको छ । यहाँका स्वास्थ्यमन्त्रीले यस्तो घोषणा गरेका हुन् । साथै उपराष्ट्रपतिलाई समेत कोरोना भाइरस लागेको बताइएको छ । उनी इरानमा कोरोना भाइरसबाट संक्रमित हुने सातौँ उच्च अधिकारी हुन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता किआनस जहानपुरले प्रेस सम्मेलनमा बताए अनुसार इरानमा २ सय ४५ संक्रमित भइसकेका छन् । एकै दिनमा १ सय ६ जनामा संक्रमण देखिएको थियो ।
कोरोना भाइरसको संक्रमण फैलिने देशमा इरान पनि एक हो । जहाँका उपराष्ट्रपति मसोमे एबतेकरलाई पनि संक्रमणले समातेको हो ।

उनको अहिले घरमै स्वास्थ्य टोलीले उपचार गरिरहेको छ । उनको टोलीका सदस्यहरुको पनि परीक्षण गरिएको छ । यससँगै संसदको राष्ट्रिय सुरक्षा तथा विदेश मामिलाका प्रमुख मोजताबा जोलनोरलाई पनि संक्रमण सरेको स्थानीय मिडियाले जनाएका छन् । र उनलाई क्वारेन्टाइनमा राखिएको इरानी टेलिभिजनले जनाएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार