पोखरा – तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालको चौथो राष्ट्रिय महाधिवेशनले रविन गुरुङ (काठमाडौ) को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
संघको उपाध्यक्षमा चित्रबहादुर गुरुङ ‘लाला’ (काठमाडौ), महासचिवमा रोशनी गुरुङ (कास्की), सचिवमा चित्र गुरुङ (चितवन) र कोषाध्यक्षमा दीपेन्द्र गुरुङ (काठमाडौ) चयन भएका छन् ।
त्यस्तै कार्यसमिति सदस्यहरुमा मणीलाल गुरुङ (कास्की), सीता गुरुङ (चितवन), गजेन्द्र गुरुङ (बाँके), रोहित गुरुङ (सिन्धुली), नविन गुरुङ (ईटहरी), मीना गुरुङ (लम्जुङ), केशव गुरुङ (गोरखा), कुमार गुरुङ (रुपन्देही), खिमा गुरुङ (कास्की) र किरण गुरुङ (कास्की) रहेका छन् ।
लमजुङको पसगाउँमा शनिबार सम्पन्न महाधिवेशनले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो । महाधिवेशनको गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले उद्घाटन गरेका थिए ।