राजनीति
नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तु जिल्ला समितिले स’हिद सप्ताहको चौथो दिनमा जनक्रा’न्तिका महान् सहिद एवम् राज्यद्वारा बे’पत्ता योद्धा परिवारहरूको उपस्थितिमा स’हिद सप्ताह शानदार रूपले मनाएको छ । कार्यक्रममा सम्पूर्ण स’हिद–बे’पत्ता योद्धाका परिवारजनलाई नेकपाले अभिनन्दन पनि गरेको छ ।
जिल्ला सेक्रेटरी शेरमानले अध्यक्षता गरेको उक्त कार्यक्रमका प्रमुख अतिथि जिल्ला इन्चार्ज जुझारु थिए भने लुम्बिनी ब्युरो सदस्य सुनिल अतिथि थिए । सञ्चालन पावेलले गरेका थिए । कार्यक्रममा राष्ट्रिय थारू मुक्ति मोर्चा नेपालका अध्यक्ष, स’हिद तथा बेपत्ता परिवार सङ्गठन नेपालका लुम्बिनी ब्युरो सदस्य जया पौडेललगायत अतिथिका रूपमा सहभागी थिए ।
कार्यक्रमका वक्ताहरूले स’हिद तथा बेपत्ता यो’द्धाहरूको सपना पूरा नभएको बरु तत्कालीन मुख्य नेतृत्वले धोका दिएकाले अब एकीकृत जनक्रा’न्तिमार्फत ती अधुरा सपना पूरा हुने बताएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि जुझारुले ०५२ सालमा मुक्तिकालागि भनेर क्रा’न्तिको जुन झन्डा उठाइएको थियो त्यसकालागि अझै पनि निरन्तर लागिपरेको बताए । उनले भने, ‘०५८ सालमा आ’तङ्ककारी विधेयक पास गर्न सघाउने एमालेसँग पार्टी एकता गरेर प्रचण्डले आफू प्रतिक्रा’न्तिको नाइके भएको स्पष्ट पारेका छन् । बाबुराम उपेन्द्रको टाङमुनि छिरेर गैरकम्युनिस्ट कित्तामा खडा भएकाले जनतालाई को ठीक को बेठीक भन्ने छुट्ट्याउन सजिलो भएको छ ।’
राष्ट्रिय थारू मुक्ति मोर्चा नेपालका अध्यक्ष सुनिलले वैज्ञानिक समाजवाद स्थापना गरेर मात्रै स’हिदका सपना र जनता तथा राष्ट्रको आवश्यकता पूरा हुने बताए । उनले एकीकृत जनक्रा’न्तिमा प्रतिबद्ध हुन र साथ दिन स’हिद परिवार तथा बे’पत्ता परिवारलाई आह्वान गरे ।
कार्यक्रमका अध्यक्ष जिल्ला पार्टी सेक्रेटरी शेरमानले आफ्नो वर्गको मुक्तिकालागि एकताबद्ध भएर ल’ड्नुको विकल्प नभएको बताए । उनले यही बाटोबाट मात्र सहिदको बलि’दानीको लक्ष्य पूरा हुने पनि प्रस्ट पारे ।
वक्ता पौडेलले भनिन्, ‘मेरो जीवनसाथी जुन उद्देश्य लिएर सहिद हुनु भएको थियो त्यो जुनकुनै हालतमा पूरा गहुन्छ । आवश्यक परे म पनि बलि’दान दिन तयार छु ।’
वक्ताले हिजो क्रा’न्ति सिध्याउन गिरिजाप्रसाद कोइरालाले निर्वाह गरेको भूमिका आज प्रचण्डले र हिजो खुमबहादुर खड्काले निर्वाह गरेको भूमिका आज रामबहादुर थापा बादलले निर्वाह गरेको पनि बताए । वक्ताहरुले आफ्ना परिवारजनले केका लागि स’हादत प्राप्त गरेका थिए, त्यसलाई सार्थक बनाउन गम्भीर भएर सोच्नुपर्ने उनीहरुको भनाइ थियो । उनीहरुले भने, ‘आज सहि’दको नाम बेचेर दलाली गरेको देखिएको छ । तिनले जनयु’द्धको मूल मर्म र उद्देश्य छाडिसकेका छन् । एमालेले कहिल्यै जनयु’द्ध दिवस नमानेको र स’हिद परिवारले काङ्ग्रेसलगायत अरू पार्टीको झन्डा बोक्ने अवस्था उत्पन्न हुुनु लज्जा’स्पद भएको वक्ताको धारणा थियो ।

कार्यक्रममाअनुभूति राख्दै सहिद रेखबहादुर थापाकाबुवा भेबहादुर थापाले दलाल राज्यले स’हिद प्रतिष्ठानमाथि अनावश्यक दुःख दिएको बताए । उनले सम्पूर्ण स’हिद परिवार एक हुनुपर्ने धारणा राख्दै आवश्यकताअनुसार फेरि पनि क्रा’न्तिको झोला बोक्न आफूहरू तयार भएको बताए ।
अनुभूति राख्ने क्रममा सहिद राजशङ्करकी आमाले आफू पनि आवश्यक परे ब’लिदान दिने प्रतिबद्धता व्यक्त गरिन् । उनले तर अन्यत्र नजाने र आफ्नो घरमा बस्दा सधैँ पार्टीलाई सम्झने गरेको पनि बताइन् । उनी सहा’दतअघि छोराले भनेको कुरा स्मरण गर्दै भावविह्वल बनिन् । उनले हिजो जनयु’द्धकालमा नेताहरूले दिएको आश्वासन र ढाडसको स्मरण गराउँदै भनिन्, ‘लाखौँ क्रा’न्तिकारी छोराछोरी बनाउने अभियानमा छौँ। एउटा छोराको चिन्ता नलिनुस् भन्ने नेताहरू आज सत्तामा पुगेपछि स’हिद र तिनका सपनालाई बिर्सिए ।’
यसैबीच लुम्बिनी पार्टी ब्युरोले सहिद तथा बे’पत्ता अध्यक्ष कोष स्थापना गरेको छ । कोषमा ब्युरो पार्टीबाट ४ लाख ७५ हजार जम्मा भएको जानकारी दिइएको छ ।