logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

पेट्रोलमा लगाएकाे कर फिर्ता नलिए संसद अबरुद्ध हुन्छ : गिरी


  • राजनीति
  • आइतबार, फाल्गुन १८ २०७६

समाजवादी पार्टी ले पेट्रोल र डिजलमा प्रतिलिटर १० रुपैयाँ पूर्वाधार विकास कर लिने सरकारको निर्णयको समाजवादी पार्टीले विरोध गरेको छ ।

संसदको अधिकार हनन हुने गरी आफुखुशी कर थोपर्ने प्रवृत्ति स्वीकार्य नहुने भन्दै फिर्ता लिन माग गरे । आइतबार संसदमा बाेल्दै समाजवादी पार्टीकी सांसद सरिता गिरीले कर फिर्ता नलिए यही विषयलाई लिएर संसद अवरोध गर्ने चेतावनी दिइन् ।

‘अर्थमन्त्रीजीले संसदको सार्वभौमिकतालाई हस्तक्षेप गरी कर लगाउनुभएको छ, यसलाई फिर्ता लिनुहोस्’ उनले भनिन् ‘नभए भोलिपर्सि अवरोधको स्थिति पनि सिर्जना हुन सक्छ ।’

संसद छलेर चोर बाटोबाट जनतालाई कर लगाइएको भन्दै उनले सरकारको राजस्व संकलनको लक्ष्य पूरा गर्न जनतामाथि कर थोपर्न नपाइने बताइन् ।

‘सरकारले ७ महिना बित्दा पनि लक्ष्यको ४६ प्रतिशत करमात्र संकलन गर्न सकेको छ । आफ्नो विफलता लुकाउन चोर बाटोबाट कर बढाउने निर्णय गरेको छ । त्यो फिर्ता लिनुपर्छ’ सांसद गिरीले भनिन् ।

फागुन १२ बसेको मन्त्रिपरिषद बैठकले पेट्रोल, डिजल र हवाइ इन्धनमा प्रतिलिटर १० रुपैयाँ पूर्वाधार विकास कर लिने निर्णय गरेको थियो ।

सांसद गिरीले पेट्रोलियम पदार्थमा प्रदुषण नियन्त्रण, सडक निर्माणलगायतका शीर्षकमा करमाथि कर थोपर्ने काम भएको भन्दै विरोध जनाइन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार