logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

किन बाेलाए प्रधानमन्त्रीले आकस्मिक मन्त्रीपरिषदकाे बैठक ?


  • राजनीति
  • आइतबार, फाल्गुन १८ २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् काे बैठक बाेलाएका छन् । आफु मिर्गौला प्रत्यारोपणका लागि सोमबार (भोलि) अस्पताल भर्ना हुने भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार अपराह्न मन्त्रिपरिषद् बैठक डाकेका हुन ।

ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ५ बजे मन्त्रिपरिषदको बैठक बाेलाएका हुन ।

प्रधानमन्त्री ओलीले बैठकमार्फत अस्ताल बसुन्जेल आफ्नो कार्यभारको जिम्मेवारी एक मन्त्रीलाई दिने निर्णय गर्नसक्ने प्रधानमन्त्री निवास बालुवाटार स्रोतले जानकारी दिएको छ ।

मिर्गौला प्रत्यारोणका लागि ओली सोमबार नै महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना हुने तय भएको हो । बुधबार उनकाे मिर्गौला प्रत्यारोण गर्ने तयारी छ ।

मन्त्रिपरिषद्का बैठक प्राय सोमबार हुँदै आएका थिए । प्रधानमन्त्रीको कार्यव्यवस्तता र विभिन्न मन्त्रालयले विशेष योजना र निर्णय सार्वजनिक गर्नु परेको खण्डमा अन्य बार पनि बैठक बस्ने गरेको थियो ।

‘प्रधानमन्त्रीज्यूको उपचारका लागि अस्पताल भर्ना हुनुपर्ने भएपछि आज साँझ नै मन्त्रिपरिषद् बैठक बस्ने भएको हो,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीले जानकारी दिए ।

पाँच बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री युराज खतिवडाका स्वकीय सचिव तुलसी मैनालीले बताए । राष्ट्रिय सभामा काे जाने भन्ने आन्तरिक विवाद चर्काे भएको बेला मन्त्रीपरिषदकाे बैठक बस्न लागेकाे हाे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार