logo मंगलबार, कार्तिक २५ २०८३ | Tuesday 10th November 2026

हेमा श्रेष्ठ माथी ला’ठी प्रहार गर्ने प्रहरी निरीक्षक पौडेल माथी का’रबाही


  • राजनिती न्युज डेस्क
  • आइतबार, फाल्गुन १८ २०७६

पोखरा – हेमा श्रेष्ठ माथी लाठी प्र’हार गर्ने प्रहरी निरीक्षक देवी प्रसाद पौडेल माथी का’रबाही भएको छ । हेम खत्रीको घरमा धर्ना दिन पुगेका हेमा माथी ला’ठी हा’न्ने पौडेललाई प्रहरी प्रभाग भैंसेपाटीबाट प्रहरी परिसर ललितपुर तानिएको छ ।

माला शाह नाम गरेकी एक महिलाले आफुलाई हेम खत्रीले लामो समय सम्बन्धमा रहेर धो’का दिएको दावी गर्दै खत्रीको घर घेर्न केही अधिकारवादीलाई लिएर पुगेकी थिइन् ।

जसमा दुधे बालक च्यापेर हेमा पनि पुगेकी थिइन् । घरबाट महिलाहरुलाई निकाल्ने क्रममा इन्स्पेक्टर पौडेलले बालक च्यापिरहेकी हेमालाई लखे’टी लखे’टी पि’टेका थिए।

प्रहरी प्रधान कार्यालयको निर्देशनमा छानविन समिति बनेको छ । ललितपुर प्रहरीले प्रहरी उपरीक्षक (एसपी) दुर्गा सिंहको नेतृत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको छ । प्रारम्भिक छानबिनमा उनको गल्ती देखिएपछि प्रहरी परिसर ललितपुर तानिएको हो । उनले कु’टेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार